आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस्तो बेला अवैध सम्बन्ध बाध्य बन्नसक्छ !

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (५ साल अघि) ३२७ पाठक संख्या

काठमाडौं  , पुष ७ : तपाई धेरै लामो समय आफ्नो परिवारसँग सँगै हुनुहुन्छ । सम्बन्ध पनि राम्रै चलिरहेको हुन्छ । एकअर्कालाई बुझिएकै हुन्छ । तर, अपवादमा मानिसको मानस्पटलमा कहिलेकाहीँ नराम्रो सोचले जरो बनाउँछ । जसको परिणाम पक्कै राम्रो हुँदैन । कसैसँग सम्बन्ध बलियो बनाउन एकआर्कालाई बुझ्नु जरुरी हुन्छ । हामी गरिरहेका पनि हुन्छौ । तरपनि हामी कहिलेकाहीँ आफ्नो जीवन साथीलाई छाडेर अर्कोप्रति आर्कर्षित हुन्छौ । जसको कारण यस्ता हुनसक्छन् ।

अतित
कुनै पनि व्यक्ति यो स्थितिमा अर्कोसँग आकर्षित हुन्छ जब उसको मर्जी बिना विवाह भएको हुन्छ । उसले आफ्नो पहिलो मायालाई भुल्न सकेको हुँदैन । उ आफ्नो अतितलाई सम्झिरहेको हुन्छ । र उसलाई भेट्न चाहान्छ ।

तनाव
जब विवाहपछि कुनै पनि महिला वा पुरुष आफ्नो श्रीमान/श्रीमतीको उपस्थिति बाहेक अरुलाई चाहान थाल्छ त्यहाँ तनाव हुन्छ । पार्टनरसँग समय कम भएपनि यस्तो समस्या आउँछ । त्यसपछि उसले अर्कोसँग प्रेम गर्न थाल्छ ।

एक्लोपन महसुस
जब कुनैपनि जोडीले एक्लोपनको महसुस गर्न थाल्छन् त्यहाँ अविश्वास पैदा हुने, मनमा नानाथरी कुरा खेलाउने हुन्छ । समयको कारण देखाउँदै श्रीमान श्रीमतीबीच कलह समेत हुन्छ ।

जीवनसाथीसँग नै बदला
कतिपय अवस्थामा आफूलाई समय नदिएको वेवास्ता गरेको सोच्दै श्रीमती वा श्रीमानले बदलाको समेत मनमा भावना साचेका हुन्छन् । आफ्नो एकले अर्कालाई देखाउन अरुका उदाहरण समेत दिने गर्दछन् ।

बाध्यता
कुनै समय यस्तो आउँछ उनीहरु बाध्यतामा समेत पर्दछन् । पार्टनरले राम्रोसँग मानसिक, भावनात्मक, शारिरिक रुपमा ध्यान नदिँदा समेत उनीहरु अर्कोसँग सम्बन्ध राख्न बाध्य बन्न सक्छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस