आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२० रुपैयाँमै गर्लफ्रेण्ड भाडामा

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (५ साल अघि) ५६९ पाठक संख्या

काठमाडौं  , पुष ७ : आजभोली युवा युवतीहरु आफ्नो मनलाई बुझने साथी भइदिए हुन्थ्यो भन्ने सोचिरहेका हुन्छन् । जीवनको शुरुवातिसँगै अन्त्यसम्म कोही न काही साथीको खाँचो परिरहेको हुन्छ । तर यस्तो देश जुन देशमा आफ्नो जीवनसाथी नभएपनि केही समयका लागि भाडामा पाइने साथीहरु पाइन्छ ।जुन छिमेकी देश चीनमा २० रुपैयाँ खर्चमा एक सुन्दर गर्लफ्रेण्ड भाडामा पाइन्छ ।

चीनको गुआंगडोंगस्थित एक स्टोरमा यस्तो सुविधा छ । त्यहाँ सुन्दर तथा जवान युवतीहरुको लाइन हुन्छ । त्यहाँ कुनै पनि पुरुष गएर आफूलाई मन पर्ने युवतीलाई भाडामा गर्लफ्रेण्ड बनाएर लग्न सक्दछ । त्यसका लागि प्रति २० मिनेटको झण्डै २० रुपैयाँ रकम तिर्नुपर्दछ ।

यसरी भाडामा लिएका गर्लफ्रेण्डबाट के–के सुविधा पाइन्छ त ? धेरै आशा नगरे हुने रहेछ । ती भाडाका गर्लफ्रेण्डलाई आफूसँगै लिएर नजिकैका मल तथा स्टोरहरुमा घुमाउन सकिन्छ । सपिङ गराउने इच्छा छ भने पनि गराउन पाइन्छ ।

भाडाकी गर्लफ्रेण्डसँग लञ्च डेटिंग पनि गर्न सक्नुहुन्छ । तर यी सबै काम केवल २० मिनेटमा सकाउनु पर्दछ । यदि त्यसभन्दा बढी समय लागेमा अतिरिक्त रकम भुक्तानी गर्नुपर्दछ ।

भाडाकी गर्लफ्रेण्डको अनुमतिविना छुन पनि पाइँदैन । अनुमति पाएमा छुन भने पाइन्छ । तर, त्यभन्दा बाहेक सोच्नसम्म मनाही हुन्छ । रोचक त के भने त्यहाँ गर्लफ्रेण्ड मात्र होइन, ब्वायफ्रेण्ड पनि भाडामा पाउन सकिन्छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस