आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु

AuthorAP Khabar२०७६ पौष २१, सोमबार (४ साल अघि) ३४० पाठक संख्या

पौष २१ दमौली,

चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । बालकको शव घरभन्दा दुई/तीन सय मिटर तल बारीमा फेला परेको छ । घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको छ ।

चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ । केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो । भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस