आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकासँग तनाव बढ्दै गएपछि परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

AuthorAP Khabar२०७६ पौष २१, सोमबार (४ साल अघि) ४८१ पाठक संख्या

पौष २१ एजेन्सी

इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ । अमेरिकी हवाई आक्रमणमा एकजना इरानी सैन्य जेनेरल मारिएपछि इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला इरानको यो भनाइ सार्वजनिक भएको हो ।

परमाणु संवर्द्धनका लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात तथा त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना नगरिने इरानले घोषणा गरेको छ । तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यस्तो भनाइ सार्वजनिक गरिएको हो ।

सन् २०१५ को परमाणु सम्झौताअनुसार ईरान आफ्नो संवेदनशील परमाणु गतिविधि सीमित गर्न र अन्तर्राष्ट्रिय निरीक्षकलाई आउने अनुमति दिन्थ्यो ।

यसको बादलामा ईरानमाथि लागेको प्रतिबन्ध समाप्त गरिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा यो सम्झौता रद्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस