शहरी विकासका सिनियर डिभिजनल इन्जिनियर बस्नेत पक्राउ

देश समाचार

पौष २१ काठमाडौँ,

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय ईलामका तत्कालीन सिनियर इञ्जिनियर सुभास बस्नेत पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अनुसन्धानको लागि पक्राउ गरेको हो।

झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस माग गरी प्राप्त गरेको घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *