आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

AuthorAP Khabar२०७६ पौष २१, सोमबार (४ साल अघि) ३६८ पाठक संख्या

पौष २१ काठमाडौँ,

सुनको मूल्य उकालो लाग्ने क्रम सोमबार पनि जारी रह्यो । आइतबार तोलामा १ हजारले बढेर प्रतितोला ७५ हजार ५०० पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार तोलामा ५ सयले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

 नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । सुन महँगो भएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ९ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको संयोजक शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस