आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘अध्यक्षद्वयको प्रतिवेदन परिमार्जन हुने’

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (५ साल अघि) ३८९ पाठक संख्या

काठमाडौं  , पुष ७ :  नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । स्थायी कमिटी सदस्यहरुले दिएको सुझाव समेटेर संसोधनसहित प्रतिवेदन परिमार्जन हुने भएको हो ।

बैठकमा अधिकांश सदस्यले (एसिया प्यासिफिक) सम्मेलनमा सरकारको सहभागिताका बारेमा प्रश्न उठाएका छन् । भोलीका बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले समिटमा सरकारको सहभागिताबारे जवाफ दिने स्थायी कमिटी सदस्य छवीलाल विश्वकर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणी पोखरेलले बोल्नुभएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणबाट ढिलो फर्किएकाले भोलीको बैठकमा आफ्नो धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस