आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोनाल्डोको ह्याट्रिकमा युभेन्टसको पराकिलो जित

AuthorAP Khabar२०७६ पौष २२, मंगलबार (४ साल अघि) ३०७ पाठक संख्या

पौष २२ एजेन्सी ।

इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्सले फराकिलो जित निकालेको छ । सोमबार भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यस्तै एक गोल गोन्जालो हिगुईनले थपे । निकै प्रतिस्पर्धात्मक रहेको पहिलो हाफमा युभेन्टसले अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेन ।

दोस्रो हाफमा भने घरेलु टोलीले ४ गोल गर्दै जित हासिल गर्यो । रोनाल्डोले खेलको ४९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

रोनाल्डोले नै ६७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे । ८१ औं मिनेटमा रोनाल्डोको पासमा अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइनले गोल गर्दै ३-० ले अगाडी बढाए । लगत्तै रोनाल्डोले डग्लस कोस्टाको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

रोनाल्डोको यो करियरको ५६ औं ह्याट्रिक समेत हो । यस्तै रोनाल्डो युरोपको शीर्ष तीन लिग प्रिमियर लिग, ला लिगा र इटालियन सिरी ए मा ह्याट्रिक गर्ने दोस्रो खेलाडी समेत बनेका छन् ।

जितसँगै युभेन्ट्सले लिगमा शीर्ष स्थानको अग्रता ३ अंकको बनाएको छ । लिग लिडर युभेन्ट्सले १८ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको इन्टरले ४२ अंक छ । पराजित काग्लियारी २९ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस