आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको ‘गोप्य’ जमघट

AuthorAP Khabar२०७६ पौष २४, बिहिबार (४ साल अघि) ५९७ पाठक संख्या

पौष २४ काठमाडौं

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको ‘गोप्य’ जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।

भैंसेपाटीस्थित गौतम निवासमा भएको जमघटमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए ।

नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग परामर्श गरेर उक्त बैठक राखिएको जिकिर गरेका छन् । तर, बुधबार साँझ २ घण्टा भएको छलफलमा ओली र उनी पक्षघर भनी चिनिएका नेताहरु ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल गएनन् । सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा छन् ।

छलफल सभामुख चयन र एमसीसीमा केन्द्रित भएको स्रोतले जनायो । यसअघि २०७५ माघ १० गते प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहँदा बहुमत सचिवालय सदस्यले झम्सिखेलमा त्यस्तै गोप्य छलफल गरेका थिए । त्यस बेला ओलीविरुद्ध ध्रुवीकरणका लागि छलफल भएको भन्दै ओली पक्षले असन्तुष्टि जनाएको थियो ।

‘सभामुख छाड्नैपर्ने हो भने तपाईं (ओली) प्रधानमन्त्री छाडेर कार्यकारी अध्यक्ष भइ पार्टी चलाउनुस्, म प्रधानमन्त्री हुन्छु ।’ भनेर ओली समक्ष प्रस्ताव राखेको प्रचण्डले जमघटमा ब्रिफिङ गर्नुभएको हो । अन्नपूर्ण पाेस्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस