आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पासोमा पर्‍यो चितुवा, घाइते अवस्थामा उद्धार

AuthorAP Khabar२०७५ पौष ७, शनिबार (५ साल अघि) ५०० पाठक संख्या

गुल्मी , पुष ७ : गुल्मीमा घाइते अवस्थामा चितुवा फेला परेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगास्थित टाटिम जंगलमा दुम्सीलाई थापेको पासोमा परेर घाइते अवस्थामा चितुवा परेको हो ।

शुक्रबार बेलुकी स्थानीयले घाइते अवस्थामा चितुवालाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी र डिभिजन वन कार्यालय गुल्मीबाट सहायक डिभिजन अधिकृत पुस्पराज श्रेष्ठ, नासु नविन पन्थीसहित ५ जनाको टोली चितुवा भएको स्थानमा पुगेको थियो ।

पासोबाट फुत्किएर भागेको घाइते चितुवा फेला परेको डिभिजन वन कार्यालय गुल्मीका नासु नविन पन्थीले बताए । चितुवालाई थप उपचार र त्यसको व्यवस्थापनसँगै जंगलमा छोड्नको लागि चितवन राष्ट्रिय निकुञ्जबाट ४ जना बिशेषज्ञ बोलाइएको थियो ।

गएराति नै चितवनबाट गुल्मी आएको राष्ट्रिय निकुञ्जका बिशेषज्ञहरुले चितुवालाई बेहोस बनाई डिभिजन वन कार्यालय गुल्मीमा ल्याएका थिए । चितुवालाई थप उपचार र निकुञ्जमा छोड्ने गरी चितवन पठाउने तयारी भैरहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

अनिल खत्री

प्रतिक्रिया दिनुहोस