आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जाँदा जादैँ डिआईजी अख्तियारको फन्दामा, बढुवाको लाईनमा को–को ?

AuthorAP Khabar२०७६ पौष २४, बिहिबार (४ साल अघि) ३७२ पाठक संख्या

पौष २४ काठमाडौं :

आज बिहिबारबाट प्रहरी नायब महानिरीक्षक (डिआईजी) महेशविक्रम शाहले अवकाश पाउदै गर्दा रिक्त डिआईजीका लागि दौडधूप समेत शुरु भएको छ । रिक्त डिआईजी पदका लागि अहिले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपीहरु लागेका छन् ।

यसरी डिआईज बन्नका लागि दौडधूप गर्ने एसएसपी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की उत्तम सुवेदी, धीरजप्रताप सिंह, बसन्त लामा लगायत प्रतिस्पर्धामा छन् ।

उनीहरुकै ब्याचका विश्वराज पोखरेल भने डिआईजी भईसकेका छन् । यसपटकको डिआईजी बढुवाको विषयले धेरै अर्थ र महत्व बोकेको छ ।

किनभने अहिले हुने डिआईजी आगामी माघ २९ गतेपछि रिक्त हुँदा बढुवाभन्दा डिआईजीमा सिनियर हुन्छ । त्यसैले पनि धेरैको दौडधूप चलेको हो । भर्खरै प्राविधिकतर्फको एआईजी बढुवामा कार्यसम्पादन मूल्याङ्कनका आधारमा जुनियर डिआईजीमा बढुवा भएपछि यता प्रशासनपट्टिको डिआईजी बढुवामा को हुन्छ भनेर भन्न सकिने अवस्था छैन ।

कार्यसम्पादन मूल्याङ्कनमा श्रेष्ठता अंक हासिल गर्ने एसएसपी बढुवा हुने देखिन्छ ।

आगामी २९ माघबाट मात्र प्रहरीमा डिआईजीका २१ पद रिक्त हुनेछन् । प्रहरी महानिरीक्षकसहित एकैचोटी २५ जना उच्च अधिकारीले अवकाश पाउँदैछन् । त्यसपछिका आईजिपीका रुपमा ठाकुर ज्ञवालीलाई हेरिएको छ । अर्का डिआईजी तारिणी लम्साल पनि आईजीपी बन्ने दौडमा रहेका छन् ।

उता आजबाट अनिवार्य अवकाश पाउन लागेका प्रहरी डिआईजी शाहलाई भ्रष्टाचारको बात लागेको छ । डिआइजी शाहले जाँदाजादै ३१ लाख रुपैया झ्वाम पारेको खबर बाहिर आएको हो ।

यसरी प्रहरी संगठनभित्र उनले दुईवर्ष २०७२ साल असोज २२ देखि २०७३ माघ २३ सम्म समादेशक रहेका बेला गरेको भ्रष्टाचार गरेको कुरा बाहिर आएको हो ।

उनी त्यसताका तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र (हाल तीन नम्बर प्रदेश प्रहरी तालिम केन्द्र) दुधौली सिन्धुलीको समादेशक (कमाण्डेण्ट) हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाह रहेका थिए ।

उनको लेखापाल थिए प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र प्रसाद पनेरु । उनी हाल जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत रहेका छन् । यस्तै हाल डिआईजी शाह राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत रहेका छन् ।

अवकाशको मुखमा रहेका शाह अख्तियारको फन्दामा पर्ने भएका छन् । उनीमाथि तालीमे प्रहरी जवानको तलब भत्ता र राशन बापतको ३१ लाख रुपैयाँ सरकारी राजश्व हिनामिना गरेको लागेको छ ।

र, उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरु गरेको छ ।

डीआईजी शाह दुधौली तालिम केन्द्रको प्रमुख हुँदा लेखापाल सइ पनेरीसंग मिलेर अनाधिकृत रुपले तालिममा आएका रिक्रुट प्रहरी जवानको तलबभत्ता र राशन बापतको रकम अनियमितता गरेको भन्दै केही समय अगाडी प्रहरी महानिरीक्षक (आईजी) को सचिवालयमा उजुरी परेको थियो ।
यसरी डिआईजी शाहबिरुद्ध उजुरी आएपछि प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले अनुसन्धानको जिम्मेवारी सचिवालय अन्तर्गतको प्रहरी निरिक्षणालयलाई दिएका थिए ।

त्यसपछि निरिक्षणालयले दुधौली तालिम केन्द्र र जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरबाट कागजात झिकाएर छानबिन र्गोक्रममा उनले गरेको बदमासी बाहिर आएको थियो ।

त्यसबेला भरतपुर तालिम केन्द्रलाई जुनियर प्रहरी अधिकृत शिक्षालय कायम गरि सिन्धुलीको दुधौलीमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र सारिएको थियो । जुन तालिमकेन्द्र सर्ने बित्तिकै तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शाहले समादेशकको जिम्मेवारी पाएका थिए ।

अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार अन्यत्र दरबन्दी भएका रिक्रुट जवानको नाममा दुधौली तालिम केन्द्रबाट तलबभत्ता र राशन बापतको रकम निकासा गरेर करिब ३१ लाख रुपैयाँ भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ ।

यसरी डिआईजी दोषी देखिएपछि थप कारबाहीको लागि प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सम्पूर्ण कागजात पठाएको छ ।

यसैबीच यो कुराको सुईको पाएर राजिनामा दिएका तत्कालीन लेखापाल सई पनेरुको राजिनामा अस्वीकृत भएको छ । उनीहरुको मुद्धाको विषयमा छानविन हुँदै गरेकोले स्वीकृत नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।सभार thenepaltop

प्रतिक्रिया दिनुहोस