आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनकपुरका मेयरविरुद्ध युवाहरूले गरे प्रदर्शन

AuthorAP Khabar२०७६ पौष २४, बिहिबार (४ साल अघि) ३३६ पाठक संख्या

पौष २४ जनकपुरधाम :

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साहले सञ्चार कर्मी माथि गरेको दुर्व्यवहारलाई लिएर युवाहरूले प्रदर्शन गरेका छन् ।

मेयर साहले सञ्चारकर्मीहरुसँग दुर्व्यवहार गरेकोले उनले माफी माग्नुपर्ने भन्दै युथ एसोसिएसन नेपाल (यान) सँग आबद्ध युवाहरूले प्रदर्शन गरेका हुन् ।

जनक चोकबाट सुरु भएको जुलुस शिव चोक हुँदै भानु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युथ एसोसिएसन नेपाल (यान) का संयोजक आदित्य नेपालले मेयर साहका कार्यकर्ताहरूले सञ्चारकर्मीहरुसँग गरेको दुर्व्यवहार निन्दनीय रहेको बताए ।

उनले भने,‘मेयर साहले आफ्ना कालो कर्तुतहरू पर्दाफास हुने डरले नै पत्रकारहरूसँग दुर्व्यवहार गरेका हुन् ।’

मेयर साहले सञ्चारकर्मीहरुसँग माफी नमागेसम्म आफूहरूको विरोधका कार्यक्रमहरू निरन्तर जारी राख्ने यानका सर्वजित् यादवले बताए ।

यान आबद्ध युवाहरूले फ्री प्रेस, पत्रकारमाथि हातपात बन्द गर, कार्यकर्ताको नाममा गुन्डा पाल्न पाईदैन, नगर प्रमुख हौँ कि नगरको माफिया, उपमहानगरपालिकाले गुन्डा राख्या छ कि कार्यकर्ता लगायतका नारा लेखिएका प्लेकार्ड समेत भुण्ड्याएका थिए ।

मङ्गलवार जानकी मन्दिरको फूलबारी अतिक्रमण सम्बन्धी समाचारका लागि सूचना लिन मेयरको कार्यकक्षमा गएका सञ्चारकर्मीहरुलाई मेयर साहका समर्थकहरूले कुटपिट गरेका थिए ।

उनीहरूको कुटाई बाट कान्तिपुर टेलिभिजनका अमरकान्त ठाकुर, एबिसी टेलिभिजनका सुमित मिश्र, देश सञ्चार डटकमका राजा झा र उज्यालो अनलाइनका सुभाष कर्ण घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस