आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पौष २७ गते देखि माघ ४ गते सम्म्को राशिफल

AuthorAP Khabar२०७६ पौष २५, शुक्रबार (४ साल अघि) ३८१ पाठक संख्या

मेष – साताको सुरुमा काममा अलमल, अनावश्यक खर्च एवं तनाव बढी हुनेछ । स्वास्थ्यमा समस्या देखिने एवं अरुले काम बिगार्न सक्नेछन् । मध्यमा भने अधुरा काम पूरा हुने, काममा सफलता मिल्ने एवं धार्मिक रुचि बढ्नेछ । साताको अन्त्यमा भने पद प्रतिष्ठानमा वृद्धि , राजनैतिक सफलता एवं अरुको सहयोग मिल्नेछ ।

वृष – पारिवारिक भेटघाट हुनेछ । साझेदारीमा फाइदा, प्रेममा प्रगति एवं यात्राको अवसर मिल्नेछ । साताको मध्यमा भने काममा झन्झट, आकस्मिक घाटा बेहोर्नु पर्नेछ । साताको अन्त्यमा भने काममा फाइदा मिल्ने, विदेशवाट सहयोग मिल्ने एवं भाग्यले साथ दिने एवं खुशीको खबर आउनेछ ।

मिथुन – स्वास्थ्यमा सुधार आउनेछ । अरुको सहयोग मिल्नेछ । विरोधीहरु पर जाने एवं पारिवारिक मेलमिलाप बढ्नेछ । वैवाहिक कुरा चल्ने एवं व्यवसायमा राम्रै प्रगति मिल्नेछ । साताको अन्त्यमा भने आलोचना हुने, काममा अपजस मिल्ने एवं नराम्रो खबर आउन सक्नेछ । काममा घाटा हुने हुनाले तनाव बढ्नेछ ।

कर्कट– अध्ययनमा सफलता मिल्नेछ । सन्तानको सहयोग पाइनेछ । आम्दानीमा वृद्धि एवं स्वास्थ्यमा सुधार हुनेछ । खर्च बढेपनि राम्रो ठाउँमा लगानी हुनेछ । साताको अन्त्यमा भने दाम्पत्य सुख मिल्ने,पति पत्नीबीच मेलमिलाप हुने एवं विदेश यात्राको योग बन्नेछ ।

सिंह– घरायसी मामिलामा परिनेछ । स्वास्थ्यमा अचानक बाधा एवं चिन्ता बढ्ने देखिन्छ । साताको मध्यमा भने बौद्धिक कार्यमा रुचि एवम मनोरञ्जनमा दिन बित्नेछ । आम्दानी राम्रो हुने, स्वास्थ्यमा प्रगति हुने एवं खेलकुदमा रुचि जाने देखिन्छ । अचानक मित्रबाट फाइदा हुने योग
छ ।

कन्या– काममा आर्थिक फाइदा एवं छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ । पराक्रम बढ्ने, काम फटाफट हुने देखिन्छ । साताको मध्यमा भने अनावश्यक किचलो एवम स्वास्थ्यमा समस्या आउनेछ । अन्त्यमा भने, व्यवसायमा प्रगति प्रेममा प्रगति एवम धनमाल जोडिने योग छ ।

तुला– बोलीको प्रभाव बढ्नेछ । आफ्नो प्रस्तुतिले ख्याती कमाइनेछ । धनको कारोबार बढ्ने एवं इष्टमित्रबाट सहयोग पाइनेछ । साताको मध्यमा भने घर छोड्नुपर्ने एवं खर्चमा वृद्धि हुनेछ । साताको अन्त्यमा भने पारिवारिक झगडा, मानसिक अशान्ति एवं काममा अवरोध आउनेछ ।

वृश्चिक– भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवम अरुको माया एवं सदभाव पाइनेछ । धनको कारोबार बढ्ने एवं आकश्मिक फाइदा मिल्नेछ । साताको अन्त्यमा भने स्थान परिवर्तन, भाइ भाइमा मेलमिलाप एवं जिम्मेवारी थपिनाले कार्यभार बढ्नेछ । नयाँ काममा लगानी हुनेछ ।

धनु – आम्दानी भन्दा खर्च बढी हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवं यात्रामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मनोरञ्जनमा खर्च हुने । नयाँ ठाउँको भ्रमण एवं काममा प्रगति देखिन्छ । साताको अन्त्यमा भने व्यापारमा फाइदा, विलासितामा मन जाने एवं पारिवारिक भेटघाट र मिष्ठान्न भोजनको योग छ ।

मकर – लगानीमा फाइदा मिल्नेछ । व्यापार बढ्नाले ऋणको भार कम हुनेछ । सुख सयलमा खर्च हुने एवं अरुबाट लाभ मिल्नेछ । साताको मध्यमा भने अचानक नोक्सानी एवं शारिरीक समस्या आउनेछ । काममा आलोचना मिल्ने तथा शत्रुबाट भय हुनेछ । साताको अन्त्यमा भने काममा फाइदा एवं आँटेको काममा राम्रो खबर मिल्नेछ ।

कुम्भ – रोजगारीमा फाइदा मिल्नेछ । जिम्मेवारी थपिने एवं काममा प्रशंसा आउनेछ । कामको प्रगति देखेर अरुले ईष्या गर्नेहरू सक्रिय रहनेछन् । साताको मध्यमा धनको लाभ हुने, व्यापारमा बढी फाइदा हुने देखिन्छ । साताको अन्त्यमा भने विसञ्चो हुने एवं मन नलागी खर्च गर्नुपर्नेछ । पारिवारिक तनाव एवं हुन लागेको काममा बाधा आउने देखिन्छ ।

मीन – धार्मिक कार्यमा खर्च बढ्नेछ । काममा प्रगति एवं अरुको सहयोग मिल्नेछ । ठूलाबडाबाट आश्वासन पाइने एवं मनमा खुशी बढ्नेछ । नोकरीमा फाइदा मिल्ने एवं गरेको काममा अरुले बाधा गर्न सक्नेछन् । साताको अन्त्यमा भने आम्दानी राम्रो हुने, सन्तानबाट खुशी बढ्ने एवं मनोरञ्जनमा खुशी जानेछ । खर्च बढेतापनि अरुको सहयोगले आफ्नो काम पूरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस