आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगंजको भिस्वामा अज्ञात व्यक्तिका शव फेला

AuthorAP Khabar२०७६ पौष २५, शुक्रबार (४ साल अघि) ३०८ पाठक संख्या

वीरगंज : पर्साको वीरगंज महानगपालिकामा एक अज्ञात युवकको शव फेला परेको छ । बीरगंज महानगरपालिका १५ भिसवामा अन्दाजी एक २८/२९ बर्षको एक युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रवार दिउसो साढ़े दुई बजेको समयमा पानिमा डूबेको अवस्थामा शव फेला परेको देखेर स्थानियाले प्रहरीलाई खबर गरेको थियो । जानकारी पाए लगतै प्रहरी घटना स्थालमा पुगी शवको प्राकृतिक हेर्दा करीब १० दिन अगाडी बाटनै शव पानीमा रहेको जस्तो देखिएको छ ।

फेला परेको शवलाइ प्रहरी चौकी बसपार्क र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रुपमा शव बरामद गरी पोस्टमार्टम गर्नको लागी नारायणी अस्पतालमा पठाएको र घटनाको बारेमा अनुसंधान भईरहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस