आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संचारकर्मी अनेक पाण्डेद्धारा जन्मदिनको अवसरमा बर्थिङ्ग सेन्टरलाई सहयोग

AuthorAP Khabar२०७६ पौष २५, शुक्रबार (४ साल अघि) २२४ पाठक संख्या

एपी संवादाता
कृष्णानगर : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ बस्ने संचारकिर्म अनेक पाण्डेले आफ्नो जन्मदिनको अवसर पारेर कृष्णनगर नगरपालिकाको ३ वटा बर्थिङ्ग सेन्टरमा सहयोग गरेर फरक किसिम ले जन्मदिन मनाउनुभएको छ । खानपिन गरी तडकभडकका साथ मनाइने जन्मदिनलाई उहाँले फरक किसिमले ३ वटा बर्थिङ्ग सेन्टरमा सहयोग गरेर फरक किसिम ले जन्मदिन मनाउनुभएको छ ।

कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा, वडा नं १२ वेदमउ र कृष्णनगर नगरपालिका वडा नं ९ शिवराज अस्पतालको बर्थिङ्ग सेन्टरमा उहाँले पानी तताउने इलेक्ट्रॉनिक जग र हाट वैग वितरण सहयोग गर्नुभएको हो । ३ वटा बर्थिङ्ग सेन्टरमा बर्थिङ्गका लागि आउने महिलाहरुलाई त्यस समयमा आवश्यक पर्ने यस समाग्रीले धेरैनै राहत हुने विश्वास गर्दै पाण्डेले यहाँ सहयोग गर्नुभएको हो ।

यस कार्यप्रति त्यस बर्थिङ्ग सेन्टरका प्रमुखहरुले खुसी ब्यक्त गर्नुभएको छ । उहाँहरुले सेन्टरमा राज्यले गरेको लगानीबाट नै सबैकुरा पुरा नहुन हुदाँ स्थानिय स्तरबाट सहयोग हुन आवश्यक रहेको र यस्ता कार्य गर्न जाँडरक्सिमा पैसा सिध्याउनु भन्दा समाजीक कार्य गरेर जन्मदिन लगाएत अन्य पर्व मनाउन सबैलाई आग्रह गर्नुभयो । साथै उहाँले संचारकर्मि पाण्डेले गरेको कार्य सारहनिय रहेको बताउदै जन्मदिनको शुभकामना समेत दिनुभएको थियो ।

यस अवसरमा संचारकर्मि पाण्डेले जन्म दिने आमा बाबु प्रति हार्दिक अभार व्यक्त गर्दे सबैले आफ्नो जन्मदिन फरक रुपले मनाउन समेत सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस