आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रभातफेरी दुग्ध उत्पादक सहकारीको ७ औँ साधारण सभा सम्पन्न

AuthorAP Khabar२०७६ पौष २६, शनिबार (४ साल अघि) २१७ पाठक संख्या

एपी खबर
जीतपुर, २६ पौष : प्रभातफेरी दुग्ध उत्पादक सहकारी संस्था लि. सिमराले ७ औँ साधारण सभा सम्पन्न गरेको छ । बाराको सिमरा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शनिवार एक औपचारीक कार्यक्रमका बिच यस सहकारीले आफ्नो ७ औँ साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनहित उपभोक्ता समिति सिमराका अध्यक्ष अमृतलाल श्रेष्ठले पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसंग जोडिएको बनमा आश्रीत समुदायलाई बन ब्यवसायमा संलग्न गराई संरक्षणको पाटोमा सहयोग पु¥याएको प्रति सहकारीलाई धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका श्रेष्ठले बन संरक्षण गर्न बनमा आश्रीत समुदायलाई ब्यवासायीक बनाउन आवस्यक रहने भएको र सो कार्यमा यस दुग्ध सहकारीले महत्व पुर्ण सहयोग पु¥याएको र आउने समयमा समेत यस सहकारीको भुमिका सकारात्मक रहने विश्वास ब्यक्त गर्नुभयो ।

संस्थाका अध्यक्ष नलिन्द्र बहादुर थापाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जनकलयाण बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुधन सिटौला, सिमरा महिला सहकारीका प्रतिनिधी मुन्ना खरेल, नेकपाका नेता भोला अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा संस्थाले बहन गरेको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष थापाले यस आर्थिक वर्षमा कृषक बिमा दिन सफल भएको, कृषकलाई भैसि खरिद गर्न सुलभ ब्याजदरमा ऋण प्रदान गरेको, सरकारले तोकेको मुल्य भन्दा आफ्ना किसानले उत्पादन गरेको दुधमा प्रति लिटर १२ रुपैया सम्म बढि दिन सफल भएको र पशु आहार समेत किसानलाई सुपथ मुल्यमा उपलब्ध गर्न सफल भएको बारे जानकारी गराउनुभएको थियो ।

रबिन्द्र खकुरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा यस सहकारीका शेयर सदस्यहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस