आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर ३ को क्षेत्रिय भेला समपन्न

AuthorAP Khabar२०७६ पौष २७, आईतबार (४ साल अघि) ४१० पाठक संख्या

आरके श्रीवास्तव/रौतहट/पौष २७ गते

रौतहट जिल्लाको क्षेत्र नम्बर ३ अन्तर्गत नेपाली कांग्रेसके क्षेत्रीय भेला सम्पन्न भएको हो । जिल्लाको कटहरिया नपामा अवस्थित त्रिशक्ति एङ्गलिश बोर्डिंग स्कूलको प्रांगणमे उक्त क्षेत्रीय भेला सम्पन्न भएको हो ।

उक्त क्षेत्रीय भेला क्षेत्रीय सभापति रामभरोश राय यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नम्बर ३ का पूर्व सांसद जितेन्द्र प्रसाद यादव ’’सुनिल’’ रहनु भएको थियो ।

कार्यक्रम संचालन कुमार चौलागाईले गर्नु भएको थियो । यस अवसरमा नेपाली कांग्रेस जिल्ला उप सभापती सुनिल यादव,जिल्ला कार्य समितिका जिल्ला सचिब हृदय नारायण प्रसाद यादव ,क्षेत्र नम्बर ३ ख का विधायक प्रत्यासी रामनारायण यादव ,जिल्ला समन्वय समितिका अध्यक्ष रामएकवाल राय यादव , कटहरिया न पा का वडाध्यक्ष सरफलाल गुप्ता ,उमेश यादव ,शम्भु यादव लगायत क्षेत्र नम्बर ३ का सयौं कार्यकर्ताहरुको उपस्थिति रहेको पत्रकार प्रकाश श्रेष्ठ जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस