आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल तामाङ घेदुङ बाराको नयाँ कार्यसमितिले मान्यता पाएन

AuthorAP Khabar२०७६ पौष २८, सोमबार (४ साल अघि) ३५१ पाठक संख्या

नेपाल तामाङ घेदुङ बाराको नयाँ कार्यसमितिले मान्यता नपाउने भएको छ ।

केन्द्रीय उपाध्यक्ष अमिर मोक्तानले एकलौटी रुपमा घेदुङको जिल्ला कमिटी बनाएपछि विवाद समाधान समितिले नयाँ र पुरानो दुवै समितिसंग शनिबार छलफल गरेको थियो । घेदुङको प्रदेश ३ को भेलाका लागि आएका विवाद समाधान उपसमितिका संयोजक एवं केन्द्रीय सचिव रामकृष्ण ब्लोलन तामाङ्गले २४ गते पुर्नगठनलाई मान्यता दिन नसकिने बताउनुभयो ।

भेला स्थगित

केन्द्रीय प्रतिनिधिको पुरानो समिति विघटन भएको भन्दै उपाध्यक्ष मोक्तानले गृह जिल्लामा भेला आह्वान गरेर पुस २४ गते नयाँ कमिटी निर्माण गरेपछि पुरानो समिति असन्तुष्ट बनेको हो।

असन्तुष्ट समितिले आईतबार २७ गतेलाई भेला आह्वान गरेको थियो । विवाद समाधान समितिको आग्रहपछि पुरानो समितिले आईतबारलाई आयोजना गरेको भेला स्थगित गरिएको सचिव संगम लामाले बताउनुभयो ।

उपाध्यक्ष मोक्तान उपस्थित भएर बारा उद्योग वाणिज्य संघ निजगढ शाखाको सभा हलमा शुक्रबार नेपाल तामाङ घेदुङ बाराको अध्यक्षमा सुर्य घलान चयन भएका थिए । उनी निजगढ वडा नं. १३ का वडा अध्यक्ष समेत हुन् ।

के हो नेपाल तामाङ घेदुङ ???

नेपाल तामङ घेदुङ तामाङ जातिको सस्कार सस्कृती र तामाङको रिथी थितीको संरक्षण तथा सम्बर्द्धन गर्ने एउटा सस्था हो।

घेदुङका केन्द्रीय उपाध्यक्ष अमिर मोक्तानले जिल्ला कार्यसमितिलाई जानकारी नगरी आफू भाबी केन्द्रीय अध्यक्ष बन्न भन्दै आफू अनुकुलका मान्छेलाई उपस्तिथि गराई जिल्ला कार्यसमिति गठन गरेको थियो। बारामा जिल्ला कार्यसमिति घेदुङका अध्यक्ष श्याम लामाको नेतृत्वमा रहेको छ भने फुलमाया घलान उपाध्यक्ष र सचिवमा सन्जिव लोप्चन रहेको छ।

तामाङ जातिको यो संगठनलाई मजबुद बनाउनु पर्नेमा मोक्तान आफैले विभिन्न गलत गतिविधि गरेर सस्थालाई बिगार्न खोजेको अध्यक्ष श्याम लामा बताउछ्न। यो सस्था सिङ्गो तामाङ समुदाएको भएको हुदा जिल्ला भरी छरिएर रहेको तामाङ समुदाएको हक हितको लागि सबैको सहाभागिता हुन आवश्यक रहेको सचिव लोप्चन बताउछ्न।

वर्तमान अध्यक्ष श्याम लामा केन्द्रिय उपाध्यक्ष मोक्तानले दिएको गलत कार्यको बिरुद्धमा आफुले कहिले सहयोग नगरेकोले आज मोक्तानले यो गतिविधि गरिरहेको बताउछ्न। केन्द्रबाट आएको हरेक पत्र हामिलाई दिदैन सबै लुकाएर राख्छ्न हामिले कसरी कार्यक्रम गर्ने आएको सर्कुलर आफैले लुकाने गरेको समेत बताए।

हामिलाई केन्द्रले यदि अधिबेशन गर्न पत्रचार गर्छ भने हामी तुरुन्तै भेला बोलाउन तयार छौ, तर हामिलाई समेत जानकारी नगर्ने अनि केन्द्रले पठाएको पत्र पनि लुकाउने काम गरेन भन्ने कतिको न्यायोचितहोत?जिल्ला भरिको सबै तामाङलाई भेला गरेर अधिबेशन अब हामी केन्द्रले दिएको मितिमा हामी गर्छौ।

तर बारामा तामाङ जातिलाई कसैले पनि बिभाजन गर्न नखोजे हुन्छ यदि त्यस्तो गरेमा आफुलाई मान्य नहुने समेत लामा बताउछ।

प्रतिक्रिया दिनुहोस