आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुर नपामा व्यवसायिक ब्युटी पार्लर समबन्धी तालिम समपन्न

AuthorAP Khabar२०७६ पौष २९, मंगलबार (४ साल अघि) ४२९ पाठक संख्या

आरके श्रीवास्तव/रौतहट/पौष २९
रौतहट जिल्ला को मौलापुर नगरपालिकामा मेयर रिना कुमारी शाहको पहलमा व्यवसायिक ब्युटी पार्लर प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

मौलापुर नगरपालिकाको आयोजना तथा ब्युटी हेरिटेजको सह आयोजनामा संचालित महिला शिप बिकाश परियोजना अन्तर्गत २ महिने ब्युटी पार्लर प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिष्ट पार्टी ने क पा प्रदेश नम्बर २ का अध्यक्ष तथा पूर्व मन्त्री सांसद प्रभु शाह , विशिष्ट अतिथिको रुपमा रौतहट क्षेत्र नम्बर ३ क र प्रदेश नम्बर २ को बिधायक कुन्दन कुशवाहा रहनु भएको थियो ।

मौलापूर नगरपालिकाका मेयर रिना कुमारी शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सयौ महिला प्रशिक्षार्थीहरुको बीच प्रमाण पत्र वितरण गरिएको छ । प्रमुख अतिथि संसद शाह र मेयर रिना कुमारी शाहद्वारा प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र बितरण गरिएको हो ।

ब्युटी हेरिटेजको सहकार्य र मौलापूर नगरपालिकाको आयोजनमा ’’ हर हातमा हुनर ’’ कार्यक्रम अन्तर्गत महिलाहरुको बीच ब्युटी पार्लर सम्बन्धि तालिम दिइएको थियो ।

जुन कार्यक्रममा ब्युटी हेरिटेजको अध्यक्ष निशा थापा र सुमित्रा बराल प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रम मौलापूर नगरपालिकाको वडा नम्बर १,५,६,८ र ९ मा संचालन गरिएको थियो ।जुन कार्यक्रममा सयौ महिलाहरुलाइ प्रशिक्षण दिइएको थियो ।

यहि अवसर मा बोल्दै संसद शाह नगर क्षेत्र अन्तर्गत का हरेक नागरिक को हाथमा एक हुनर आवस्यक रहेकोले यस्तो कार्यक्रमहरु आयोजना हुदै आएको र आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजन गरिने प्रतिबध्ता जनाउनु भयो ।

मन्त्री शाह यस ब्युटी प्रशिक्षण बाट कति को फाईदा भएको पनि महिला प्रशिक्षार्तीहरु लाई सोध्नु भएको थियो । जवाफ मा प्रशिक्षार्थीहरुले भने “यो तालिम बाट राम्रो हुनर प्राप्त भएको प्रतिक्रिया दियो ।

साथै मेयर शाहले यस्तो हुनर प्राप्त भईसके पछि आत्मनिर्भर हुनुका साथै यो तालिम प्राप्त भए पछि ब्यवहारमा उतार्न को लागि समेत आग्रह गर्नु भयो ।

उक्त कार्यक्रममा मौलापूर नगरपालिका को उपमेयर गौरी शंकर जैसवाल ,सांसद साह ,बिधायक कुन्दन कुशवाहा ,नेपाली सिने चलचित्र का नायक नरेन खड्का र डिरेक्टर दीपेश सापकोटा लगायत सयौ महिला प्रशिक्षार्थीहरु को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस