आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ७ औं वार्षिक साधारण सभा सम्पन्न

AuthorAP Khabar२०७६ पौष २९, मंगलबार (४ साल अघि) ६३२ पाठक संख्या
आर्यन साह रौतहट पौष २९ गते
सदरमुकाम गौर स्थित श्री धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ७ औं वार्षिक साधारण सभा पुस २९ गते ईन्स्टिच्यु अफ टेक्निकल एजुकेशन प्रा.ली. को प्राङ्गणमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मनोज गिरीले संस्थाको निति तथा कार्यक्रम बारे बताएका थिए । साथै आउने समयमा वृक्षारोपण, स्वच्छता अभियान अन्तर्गत हरेक महिनाको ५ गते सरसफाइ सरसफाइ गर्ने र सदरमुकाम गौर स्थित रहेको नेपाल भारत मैत्री संघ वृद्ध आश्रमलाई एक महिना सम्म पुग्ने खाने सामग्री उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् ।
आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले ८ करोड ६८ लाख ३९ हजार ४ सय ८० रुपैयाँको लगानीमा हाल संचालनमा रहेका छन् । सेयर पुँजी २७ हजार ६ सय रुपैयाँ र ५९% ले वृद्धि भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा गौर नगरपालिकाको मेयर अजय गुप्ता, विशिस्ट अतिथि उपमेयर किरण ठाकुर, राजपा नेता रेवन्त झा, जनमत पार्टीका युवा नेता ललित मलिक सानू र अतिथिको रुपमा नेपाल भारत मैत्री संघ वृद्ध आश्रमका अध्यक्ष प्रभा सिंह र रागणी पाण्डेको उपस्तिथि रहेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मनोज गिरीको अध्यक्षमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस