आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको छातापिपरामा “थारु मघी महोत्सव २०७६” शुरु

AuthorAP Khabar२०७६ माघ १, बुधबार (४ साल अघि) ४६६ पाठक संख्या

एपी खबर
जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा माघ १ गते आजबाट “थारु माघी महोत्सव २०७६” शुरु भएको छ । थारु कल्याणकारी सभा बाराको आयोजनामा आजबाट संचालन हुने यो महोत्सव ३ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

थारु संस्कृति जोगाऊ, अपन पहिचान बचाऊ” भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरीएको महोत्सव मुल आयोजक समितिका सयोजक लक्ष्मीकान्त प्यारेलाल चौधरीले जानकारी दिनुभएको छ । यस महोत्सवमा थारु समुदायका संस्कार, सस्कृति, थारु खानाको पौष्टिक परिकार मार्फत आफ्नो पहिचानको संरक्षण गर्ने लक्ष्य रहेको आयोजक समितिका सयोजक चौधरीको भनाई छ ।

काम, विस्वास तथा समय अनुसार विभिन्न नामले परिचित यस पर्वलाई थारु समुदायले (लयाँ) अर्थात नयाँ वर्षको रुपमा मनाउदैँ आएको समेत उहाँले जानकारी दिनुभयो । माघ १ गते मनाउने माघि पर्वलाई ठाँउ अनुसार माघी संक्रान्ती, तिलासंक्रान्ती, खिचडी र मार्गदर्शन पर्व भनेर चिन्ने गरेको पाईन्छ ।

यस पर्वको दिन थारु समुदायले नुहाएर नयाँ लुगा लगाउने र आ–आफ्नो घरमा मिठो मिठो परिकार बनाएर खाने चलन रहेको छ । यस दिनमा थारु समुदायको भान्सामा तरुवा, मासु, माछा, घोगींका साथै अन्य परिकार बनाएर खाने गरेको पाईनछ । तर माघी पर्वको मुख्य परिकार भनेको तिलको लठ्ठुका साथै उसिना चामलको भुजा, चिउराको भुजा, जनेरा, आनन्दिको भुजाको लठ्ठु रहेको थारु कल्याणकारी सभा बाराका संस्थापक देवनारायण चौधरीले जानकारी दिनुभयो ।

यस दिन थारु समुदायका साथै यो पर्व मान्ने अन्य समुदायले समेत तिलको लठ्ठु खाएर मात्र कुनैपनि काम गर्ने गरेको पाईन्छ । तराईका धेरै स्थानमा यस दिन खिचडीसमेत बनाएर खाने लचन रहेको छ ।

थारु समुदायले नयाँ वर्ष भनेर मनाउने यस दिनमा हाली राख्ने, ऋणको हरहिसाब गर्ने, बर्गघर चुनिने र एक वर्षसम्म गरीने कामको योजना बनाउने चलन समेत रहेको चौधरीले जानकारी दिनुभयो । उहाँले यस पर्वलाई मेल मिलाप, सदभाव, प्रेम मान मर्यादा, आदर्श र सम्मानको नैतिक पाठ सिकाउने पर्वको रुपमा समेत दिएको जानकारी दिनुभयो ।

थारु समुदायसंग सम्बन्धित विभिन्न कला संस्कृती झलकिने गरी आयोजना गर्न लागिएको यस ३ दिने माघी महोत्समा बारा जील्ला भरीका करिब २० हजार जनाले सहभागीता जनाउने आयोजक थारु कल्याणकारिणी सभा बाराको विस्वास रहेको छ ।

२० लाख १५ हजार अनुमानित लागत लाग्ने यस महोत्सवमा २० ओटा स्टलहरु रहने छ भने स्थानिय तथा राष्ट्रिय कलाकालरद्धारा थारु समुदायको संस्कृती झलकने संस्कृतीक कार्यक्रम समेत आयोजना गरीने आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस