आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाली भूभाग अतिक्रमणः पहल र प्रमाण सहित श्वेतपत्र जारी गर्न शान्ती समाज बाराको आग्रह

AuthorAP Khabar२०७६ माघ १, बुधबार (४ साल अघि) २९१ पाठक संख्या

बारा : नेपाली भूभाग अतिक्रमणका सम्बन्धमा हालसम्म नेपाल सरकारका तर्फ भएका पहल र प्रमाण सहित श्वेतपत्र जारी गर्न नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव अधिकार तथा शान्ती समाज बारा शाखाले आग्रह गरेको छ ।

मंगलबार बारा शाखाका सभापती सृजना गिरी सहित पुगेका समाजका प्रतिनीधिहरुले बाराका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल मार्फत प्रधानमन्त्रीलाई लिखित पत्र सहित आग्रह गरेका हुन् । पत्रमा प्रधानमन्त्रीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भारतले केही महिना अगाडि प्रकाशन गरेको उसको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमान आहत भएको उल्लेख छ ।

भारतलाई हालै प्रकाशित राजनीतिक नक्सा तुरुन्त सच्याउ, अतिक्रमित नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गर भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले देशव्यापी अभियान सञ्चालन गरिरहेको छ । यसै क्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग हो, कालापानीबाट तत्काल भारतीय सेना फिर्ता जानुपर्छ ।

भारतले प्रकाशित गरेको नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउनुपर्छ भन्दै समाजले विभिन्न जिल्लामा प्रदर्शनको आयोजना गरेको बारे प्रधानमन्त्रीलाई आग्रह पत्र मार्फत स्मरण गराईएको छ ।

नेपाली भूभाग अतिक्रमणको विरोध र अतिक्रमित भूभागबाट भारतीय सेना फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक, राजनीतिक र सरकारी स्तरबाट पनि व्यापक पहल हुनु पर्ने समाजले व्यक्त गर्दै आएको बताएको छ । यस विषयमा श्वेतपत्र जारी गर्न समाजले बारम्बार आग्रह गरेको पत्रमा उल्लेख छ ।

भारतका महामहिम प्रधानमन्त्रीसँग छलफल अघि बढाउन प्रधानमन्त्री समक्ष शान्ति समाज आग्रह समेत गरेको छ । सिमाना अतिक्रमण जस्तो संवेदनशील विषयमा नेपाल सरकारले कुटनीतिक र राजनीतिक तवरमा गरेको पहल सहितको सम्पूर्ण विवरण समावेश गरी श्वेतपत्र जारी गर्न पत्रबाट माग गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई आग्रह गर्न मानव अधिकार तथा शान्त्री समाज बाराका सभापती सृजना गिरी, पूर्व केन्द्रीय कोषाध्यक्ष हरि थपलिया, पूर्व जिल्ला सभापनी रघुनाथ लामिछाने र पूर्व उपसभापनी पुष्पराखतिवडा सदरमुकाम पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस