आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा महिला साकोसद्धारा आफ्ना जेष्ठ नागरीकलाई तिर्थ यात्रा

AuthorAP Khabar२०७६ माघ १, बुधबार (४ साल अघि) २७१ पाठक संख्या

एपी खबर
जीतपुर : सिमरा महिला बचत तथा ऋण सहकारी संस्था लि. सिमरा बाराले माघ १ गते आर्थात माघे संक्रान्तीको अवसर पारेर आफ्ना जेष्ठ सदस्यहरुलाई तिर्थ यात्रा गराएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यस सहकारीले आफ्नो ६० वर्षभन्दा माथिका जेष्ठ सदस्यहरुलाई तिर्थ यात्रा गराएको हो ।

समाजीक रुपमान्तरणमा सकारात्मक भुमिका निर्वाह गर्दै आएको यस सहकारीले पछिलो समय आफ्नो सदस्यहरुको क्षमता अभिबृद्धिका साथै मानसिक रुपमा सकारात्मक परिवर्तन गर्ने कार्य समेत गर्दै आएको छ ।

आफ्नो समाजीक उतरदायीत्व अन्तरगत विभिन्न समयमा फरक फरक काम गर्दै आएको यस महिला सहकारीले माघ १ गते नेपालको प्रसिद्ध धार्मिक स्थल देवघाट धाममा सहकारीका जेष्ठ सदस्यहरुलाई स्नान सहित तिर्थ यात्रा गराएको संस्थाका अध्यक्ष अनितालम्साल अधिकारीले जानकारी दिनुभयो ।

तिर्थभ्रमण टोलीमा संस्थाका अध्यक्ष लम्साल सहित उपाध्यक्ष मुना खरेल, सचिव भिमादेवी शर्मा , ऋण अधिकृत निर्मला सुवेदी, सदस्य सनम पौडेल, लेखा संयोजक सरस्वती गौतम, जया पौडेल, उर्मिला सापकोटा लगायत ४३ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस