आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको छातापिपरामा “थारु मघी महोत्सव २०७६” शुरु, माघ ३ गते सम्म संचालन हुने

AuthorAP Khabar२०७६ माघ १, बुधबार (४ साल अघि) ५३९ पाठक संख्या

एपी खबर
जीतपुर  : थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य हरिदेबि चौधरीले राज्यले अहिलेपनि थारु समुदायको लागि समान अधिकार दिननसकेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरामा माघ १ गते आजबाट शुरु भएको “थारु माघी महोत्सव २०७६” लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले आफ्नो जातीय संस्कृती तथा पहिचानको रक्ष ागर्न पार्टि भन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । राज्यले यस जातीका लागि दिनुपर्ने अधिकारमा समान अधिकार सुनिश्चित गर्न नसकेको बताउदैँ आफ्नो अधिकार सहितको पहिचान बचाउन दलगत पार्टि भन्दा माथी उठेर एक जुट हुन सबैलाई आग्रह गर्नुभयो ।

थारु संस्कृति जोगाऊ, अपन पहिचान बचाऊ” भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरीएको महोत्सव मुल आयोजक समितिका सयोजक लक्ष्मीकान्त प्यारेलाल चौधरीले जानकारी दिनुभएको छ । यस महोत्सवमा थारु समुदायका संस्कार, सस्कृति, थारु खानाको पौष्टिक परिकार मार्फत आफ्नो पहिचानको संरक्षण गर्ने लक्ष्य रहेको आयोजक समितिका सयोजक चौधरीको भनाई छ । थारु कल्याणकारी सभा बाराको आयोजनामा आजबाट संचालन हुने यो महोत्सव ३ गतेसम्म संचालन हुने छ ।

काम, विस्वास तथा समय अनुसार विभिन्न नामले परिचित यस पर्वलाई थारु समुदायले (लयाँ) अर्थात नयाँ वर्षको रुपमा मनाउदैँ आएको समेत उहाँले जानकारी दिनुभयो । माघ १ गते मनाउने माघि पर्वलाई ठाँउ अनुसार माघी संक्रान्ती, तिलासंक्रान्ती, खिचडी र मार्गदर्शन पर्व भनेर चिन्ने गरेको पाईन्छ ।

यस पर्वको दिन थारु समुदायले नुहाएर नयाँ लुगा लगाउने र आ–आफ्नो घरमा मिठो मिठो परिकार बनाएर खाने चलन रहेको छ । यस दिनमा थारु समुदायको भान्सामा तरुवा, मासु, माछा, घोगींका साथै अन्य परिकार बनाएर खाने गरेको पाईनछ । तर माघी पर्वको मुख्य परिकार भनेको तिलको लठ्ठुका साथै उसिना चामलको भुजा, चिउराको भुजा, जनेरा, आनन्दिको भुजाको लठ्ठु रहेको थारु कल्याणकारी सभा बाराका संस्थापक देवनारायण चौधरीले जानकारी दिनुभयो ।

यस दिन थारु समुदायका साथै यो पर्व मान्ने अन्य समुदायले समेत तिलको लठ्ठु खाएर मात्र कुनैपनि काम गर्ने गरेको पाईन्छ । तराईका धेरै स्थानमा यस दिन खिचडीसमेत बनाएर खाने लचन रहेको छ ।

थारु समुदायले नयाँ वर्ष भनेर मनाउने यस दिनमा हाली राख्ने, ऋणको हरहिसाब गर्ने, बर्गघर चुनिने र एक वर्षसम्म गरीने कामको योजना बनाउने चलन समेत रहेको चौधरीले जानकारी दिनुभयो । उहाँले यस पर्वलाई मेल मिलाप, सदभाव, प्रेम मान मर्यादा, आदर्श र सम्मानको नैतिक पाठ सिकाउने पर्वको रुपमा समेत दिएको जानकारी दिनुभयो ।

थारु समुदायसंग सम्बन्धित विभिन्न कला संस्कृती झलकिने गरी आयोजना गर्न लागिएको यस ३ दिने माघी महोत्समा बारा जील्ला भरीका करिब २० हजार जनाले सहभागीता जनाउने आयोजक थारु कल्याणकारिणी सभा बाराको विस्वास रहेको छ ।

२० लाख १५ हजार अनुमानित लागत लाग्ने यस महोत्सवमा २० ओटा स्टलहरु रहने छ भने स्थानिय तथा राष्ट्रिय कलाकालरद्धारा थारु समुदायको संस्कृती झलकने संस्कृतीक कार्यक्रम समेत आयोजना गरीने आयोजकले जानकारी गराएको छ ।

थरु कल्याणकारिणी सभा बाराका अध्यक्ष रामप्रसाद चौधरीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुन्दर विक, सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती देबि चौधरी, कोल्हबी नगरपालिकाका नगरउपप्रमुख सुनौनादेबि चौधरी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रभुनाथ चौधरी, थारु उत्थानका अगुवा देवनारायण चौधरी, गिरिधारी चौधरी, हृदयनारायण चौधरी, भुवदेव चौधरी, रघुनाथ चौधरी, मनोज पौडेल लगाएतको सहभागीता रहेको थियो ।

अनिल चौधरीको सहजीकरणमा सम्पन्न कार्यक्रममा आयोजकले अतिथीहरुलाई फुलमालाका साथै आफ्नो पहिचान पगरी लगाएर सम्मानित गरेको थियो । भने थारु अभियानमा अग्रसर हुने अग्रजहरुलाई सम्मान पत्रले सम्मानित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस