आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा २४ द्धारा २ सय ५० जनालाई कम्बल वितरण

AuthorAP Khabar२०७६ माघ २, बिहिबार (४ साल अघि) २७२ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ ले जाडोबाट पिडित वडा बासिहरुलाई कम्बल वितरण गरेको छ । कार्यालयले वडा मै आयोजना गरेको एक औपचारिक कार्यक्रमका बिच आफ्नो वडा बासिहरुलाई कम्बल वितरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता देवनारायण चौधरीले वडा कार्यालयले सबैलाई समेटेर हिड्को र कहि कतै अन्यथा भए तुरुन्त सुधार्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चौधरीले पहिलो वर्ष कम्बल वितरण भएका घर बाहेकलाई यस वर्ष समेटिएको र अर्काे वर्ष बाकिँ सबैलाई समेट्ने गरी काम गर्न समेत वडाका जननिर्वाचित प्रतिनिधीहरुलाई आग्रह गर्नुभयो ।

वडा अध्यक्ष ईलियास देवानको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा यस वडा कार्यालयले आफ्ना २ सय ५० जना वडा बासिहरुलाई कम्बल वितरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस