आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईएसपिएन क्रिकेट अवार्डमा नेपाली खेलाडी परेनन्

AuthorAP Khabar२०७६ माघ ५, आईतबार (४ साल अघि) ३४६ पाठक संख्या

माघ ०५ काठमाडौँ,

क्रिकेटसम्बन्धी अनलाइन ईएसपिएन क्रिकइन्फोको वार्षिक अवार्डमा एसोसिएटतर्फ यस पटक नेपालका कुनै खेलाडी मनोनयनमा परेका छैनन् ।

नेपालले २०१९ मा सिंगापुर र ओमानमा दुई टी २० सिरिज खेलेको थियो । तर टी २० विश्वकप छनोट एसियन क्षेत्रबाट अघि बढ्न नसकेको नेपालले युएईमा ग्लोबल टि २० विश्वकप छनोट खेल्न पाएन ।

केही नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि एसोसिएटतर्फको मनोनयनमा नेपाली खेलाडी पर्न सकेनन् ।

अहिले विश्वकप लिग २ क्रिकेट भइहेको छ र त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू नै मनोनयनमा परेका छन् । नेपालले भने लिग २ मा अझै खेलेको छैन ।

अर्को महिना नेपालले घरेलु मैदानमा ओमान र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज खेल्नेछ ।

एसोसिएटको ब्याटिङतर्फ स्कटल्यान्डका जर्ज मुन्से, पपुवा न्युगिनीका नर्मन भानुअ, नामिबियाका जेपी कोत्जे र ओमानका जतिन्दर सिंह छन् ।

यस्तै बलिङतर्फ अमेरिकाका अली खान, पपुवा न्यु गिनीका नोसाईना पोकना, स्कटल्यान्डका हमजा ताहिर हङकङका रोहन मुस्ताफा र ओमानका विलाल खान छन् ।

प्रतिक्रिया दिनुहोस