आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोटरसाइकल दुर्घटनामा परि अनिल चौहानको मृत्यु

AuthorAP Khabar२०७६ माघ ५, आईतबार (४ साल अघि) ३२० पाठक संख्या

माघ ०५ हेटौंडा :

मकवानपरको भीमफेदी गाउँपालिका वडा नं २ मा आइतबार मोटरसाइकल दुर्घटना हुँदा पर्साका एक युवकको ज्यान गएको छ ।

दुर्घटनामा परि ज्यान जानेमा पर्साको परशुरामपुर गाउँपालिका ८ का ३० वर्षीय अनिलप्रसाद चौहान रहेका छन् ।

भीमफेदी गाउँपालिका वडा नं २ मा काठमाडौं जाँदै गरेको ना ५२ प ४६१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा घाईते भएका चौहानलाई उपचारका लागि हेटौंंडा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकोे छ ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस