आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आज प्रतिनिधिसभा बैठक: तुम्बाहाङ्फेको राजीनामा कि संचालन ?

AuthorAP Khabar२०७६ माघ ६, सोमबार (४ साल अघि) ३५० पाठक संख्या

माघ ०६ काठमाडौं ।

सभामुख उम्मदेवारको कारण पटकपटक सर्दै आएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा)ले सभामुखको उम्मेदवार तोकेपछि बस्न लागेको प्रतिनिधिसभा बैठक अर्थपूर्ण मानिएको छ ।

सभामुख कृष्णबहादुर महरा संसदको कर्मचारीलाई ‘बलात्कार प्रयास गरेको’ अभियोगमा बहिर्गमनमा परेपछि प्रतिनिधिसभा बैठक ४ महिनादखि अन्योलमा पर्दै आएको छ ।

बलात्कार पुष्टि भएपछि महरा पार्टीको निर्णय अनुसार असोज ११ मा सभामुखबाट बहिर्गमन हुनुभएको हो । त्यसयता सभामुख पद रिक्त छ । संसदले रिक्त सभामुख पूर्तिको तयारी गरेको छ । दशै, तिहार र छठ्पर्व लगायतका महत्वपूर्ण चाडवाडपछि सभामुख चयनको कार्यकालिका तय गर्ने उदेश्यले पुस ३ गते प्रतिनिधिसभा बैठक बोलाइएको थियो ।

तर नेकपाले सभामुख उम्मेदवार नतोक्दा बैठक सरिरह्यो । बैठक त्यसपछि पुस ११, १३, १७ र २७ हुँदै माघ ६ को लागि बोलाइएको हो । बैठक दिउँसो १ बजेको लागि डाकिएको छ ।

नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको फरकफरक चाहना तथा योजनाको कारण सभामुखको उम्मेदवार एकीनमा ढिलाई हुँदा प्रतिनिधिसभा ‘बन्धक जस्तै’ बन्यो ।

र यही विषयलाई लिएर नेकपाको आलोचना समेत हुन थाल्यो । बढ्दो आलोचना र चौतर्फी दबाबपछि नेकपाले आइतबार सभामुखको उम्मेदवार टुंग्याएको हो ।

अर्को कुनै अप्रत्यासित कारण र घटना भएन भने सोमबारको प्रतिनिधिसभा बैठक स्थगित हुनेछैन । सोमबारको बैठकबाट सभामुख चयन प्रक्रिया अगाडि बढ्नेछ ।

सोमबारको बैठक उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नै संचालन गर्नुहुनेछ । सभामुख नेकपाले लिनेभएपछि तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा दिनुपर्ने भएको छ ।

पार्टीले उहाँलाई उपसभामुखबाट राजीनामा दिन निर्देशन दिइसकेको छ । तर तुम्बाहाङफेले कानुनी अड्चन देखाएर त्यसमा आलटाल गर्दै आउनुभएको छ । तुम्बाहाङफेले पार्टीले सभामुख उम्मेदवार तोकेपछि मात्रै राजीनामा दिने बताउँदै आउनुभएको थियो ।

नेकपाले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । पार्टीले सचिवालयले गरेको निर्णयलाई नेकपा संसदीय दलले स्वीकृत गर्नेछ ।

त्यसको लागि प्रतिनिधिभा बैठक बस्नुअघि आजै नेकपा संसदस्य दलको बैठक बस्दैछ ।

पार्टीले सभामुखको उम्मेदवार तोकेपछि उपसभामुख तुम्बहाङ्फेलाई राजीनामा दिने बाटो खुलेको छ । उहाँले राजीनामा दिने तयारी समेत गर्नुभएको स्रोतले जनाएको छ ।

सभामुखको उम्मेदवार नतोक्लासम्म राजीनामा नदिने अडानमा रहनु भएकी तुम्बहाङ्फेले प्रधामन्त्ती केपी ओली र अध्यक्ष पुष्पकमल दाहालसँग त्यसबारे फेरि छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबमर भएको छलफलपछि भने तुम्बाहाङलेले राजीनामा दिने पक्क भएको छ ।

तर उहाँले राजीनामा सभामुख चयन प्रक्रिया शुरु हुनुअघि कि पछि ? भन्ने बारे भने प्रष्ट भइसकेको छैन । उपसभामुख तुक्बाहाङलेले सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै राजीनामा दिए चयन प्रक्रिया प्रतिनिधिसभाका जेष्ठ सदस्यले गर्ने संवैधानिक प्रावधान छ ।

यदि तुम्बाहाङ्फेले राजीनामा दिए प्रतिनिधिसभा बैठक जेष्ठ सांसद लक्ष्मणलाल कर्णले गर्नुहुने भएको छ । राष्ट्रिय जनता पार्टीका सांसद कर्णले सभामुख र उपसभामुख चयन नहुँदा यसअघि पनि प्रतिनिधिसभा बैठक संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस