आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्याजको मूल्य घटयो

AuthorAP Khabar२०७६ माघ ७, मंगलबार (४ साल अघि) ५६० पाठक संख्या

माघ ०७ काठमाडौं । चाडपर्वसँगै आकाशिएको प्याजको मूल्य अहिले भने क्रमिक रुपमा घट्दै गएको छ । दशै र तिहारपछि प्रतिकिलो २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य अहिले भने ६२ रुपैयाँमा झरिसकेकाे छ ।

बजारमा सुकेको प्याज खुद्रा मूल्य प्रतिकिलो ७० देखि १ सय २० रुपैयाँसम्ममा बिक्री हुन थालेको छ । बजारमा भारतीय र चिनियाँ दुई थरीका प्याज पाइन्छ । चिनियाँ प्याज भारतीय भन्दा निकै सस्तो छ ।

सोमबार भारतीय प्याज प्रतिकिलो १ सय १२ र चिनियाँ प्याज किलोको ६२ रुपैयाँ थोक मूल्य रहेको कालिमकाटी तथा तरकारी बजार विकास समितिले जनाएको छ । मूल्य अकस्मात ह्वात्तै बढेपछि उपभोक्ताले प्याज खान छोडेका छन् ।

कृषि मन्त्रालयका अनुसार मुलुकमा वर्षेनी करिब ५ लाख टन भन्दा बढी खपत प्याज हुने गरेको छ । नेपालमा प्याजको व्यासायिक उत्पादन न्यून छ । प्याज ठूलो परिणाममा भारत र चीनबाट आउने गरेको छ । व्यापारीले थाइल्याण्ड र निकारागुवाबाट समेत व्याज ल्याउँछन् ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५, ०७६ मा १ लाख ७८ हजार ४ सय ६८ टन प्याज आयात भएको छ । त्यो ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँ बराबरको हो ।

प्रतिक्रिया दिनुहोस