आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एकै परिवारका पाँचसहित ८ पर्यटकको मृत्यु, खुल्यो परिचय (अपडेट)

AuthorAP Khabar२०७६ माघ ७, मंगलबार (४ साल अघि) ३२८ पाठक संख्या

माघ ०७ काठमाडौं

 मकवानपुरको दामनमा बेहोस भएर मृत्यु भएका ८ जना भारतीय पर्यटकको परिचय खुलेको छ । दामनको थाहा नगरपालिकास्थित एभरेष्ट पानोरामा रिसोर्टमा एकै कोठामा सुतेका एकै परिवारका पाँचजना सदस्यसहित आठै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३९ वर्षीय प्रविण कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीय सरायाना, उनीहरुका ६ वर्षीया छोरी आर्छा, ४ वर्षीया छोरी सर्विन्द्रा र ५ वर्षीय छोरा अभिनभ रहेका छन् ।

त्यसैगरी ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३४ वर्षीया इन्दु रञ्जित र उनीहरुका दुई वर्षीय छोरा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

सोमबार साँझ १५ जना पर्यटक पानोरामा रिसोर्टमा बसेका थिए । ती मध्ये ८ जना एकै कोठामा हिटर बालेर बसेका कारण निसासिएर बेहोस भइ मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृतक ८ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस