आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु

AuthorAP Khabar२०७६ माघ ८, बुधबार (४ साल अघि) ३२१ पाठक संख्या

माघ ०८ एजेन्सी ।

अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा तातो बहस गरिरहेका छन् ।

ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्ताबेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चलेको हो ।

सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्ताबेजलाई झिकाउन नहुने पक्षमा छन् । तर विपक्षी डेमोक्रयाटहरू त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने बताउँछन् ।

ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस