आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मकवानपुर घुम्न आएका दुई परिवारले रिसोर्टको एउटै कोठामा ज्यान गुमाए

AuthorAP Khabar२०७६ माघ ८, बुधबार (४ साल अघि) ४३१ पाठक संख्या

माघ ८

हेटौंडा –  मंगलबार मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित एभरेष्ट पानरोमा रिसोर्टमा दुई भारतीय परिवारको ज्यान गएको छ । नेपाल घुमेर रामाइलो गर्न आएका भारतीय दुई परिवारले आफ्ना बालबच्चा सहित मकवानपुरमा ज्यान गुमाए । दुवै परिवारका बाबु, आमा र छोराछोरीको मृत्यु भएको छ । नायर परिवारको ५ सदस्यले रिसोर्टको एउटा कोठामै ज्यान गुमाए । ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनवको मृत्यु भएको छ ।

त्यसैगरी अर्काे परिवारका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेको प्रहरीले जनाएको छ । भारतको केरलाबाट आएका १५ जनाको भारतीय टोली पोखरा हुँदै सोमबार बेलुका रिसोर्टमा बास बस्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस