आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

AuthorAP Khabar२०७६ माघ ८, बुधबार (४ साल अघि) ११३१ पाठक संख्या

माघ ०८ भक्तपुर

 राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा ११ र १२ को परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख ८ गतेदेखि र ११ को वैशाख २१ गतेबाट सञ्चालन हुनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना प्रकाशन गरेर कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको हो । साधारण (संगीत, ललितकला र संस्कृत) तथा प्राविधिक विषय समूहको परीक्षा एकै मितिमा सञ्चालन हुनेछ । बोर्डका अनुसार कक्षा १२ को परीक्षा वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, कक्षा ११ को परीक्षा वैशाख ३१ गते सम्पन्न हुनेछ । नियमित, ग्रेडवृद्धि र आंशिक विद्यार्थीका परीक्षा पनि एकै समयमा सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस