आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

क्यान इन्फोटेक वीरगंजको उद्घाटन गर्न नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादव आउदै

AuthorAP Khabar२०७६ माघ ८, बुधबार (४ साल अघि) ४८८ पाठक संख्या

वीरगंज : नेपालमा सूचना प्रविधि विकास, प्रवर्द्धन र सुधारका लागि विगत १ दशक भन्दा बढि समय देखि काम गर्दै आएको आईटि व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साले वीरगंजमा दोश्रो प्रदेश स्तरिय क्यान इन्फोटेक आयोजना गर्न लागेको छ । क्यान प्रदेश नं. २ को संयोजन र क्यान महासंघको संरक्षणमा यहि माघ ९ गते देखि १३ गते सम्म क्यान इन्फोटेक २०२० वीरगंजको नगर सभागृह (टाउन हल) मा आयोजना हुनलागेको हो ।

कार्यक्रमको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा रामबरण यादवले गर्ने आयोजकहरुले बुधबार वीरगंजको नगर सभागृहमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । नेपालमा रहेर सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको कुम्भ मेला पनि भनिने क्यान इन्फोटेक वीरगंजमा यस पटक आईटि संग सम्बन्धित विभिन्न ६० वटा स्टल रहने आयोजकहरुले बताएका छन् ।

प्रभु पे मुख्य प्रायोजक रहेको क्यान इन्फोटेक २०२० वीरगंजमा विभिन्न छुट समेतको व्यवस्था गरिएको छ । क्यान इन्फोटेकमा प्रभु पे एप मार्फत टिकट खरिद गर्दा कटेको टिकेटको पुरा रकम एप मार्फत फिर्ता आउने आयोजकहरुले बताए । त्यसैगरी यसपटकका मुख्य आकर्षणमा रोबोट प्रतियोगिता, आईटि म्युजियम, आईसीटि छात्रवृति, छुट दरमा विभिन्न उपकरणलगयात रहेका छन् ।

पाँच दिन सम्म चल्ने क्यान इन्फोटेक २०२० वीरगंजमा हरेक दिन विभिन् विषयमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनी समेत लाग्ने क्यान पर्साका अध्यक्ष दिपक साहले बताए । त्यसैगरी स्कुल, कलेज र आईटि अध्यनरत विद्यार्थीहरुका लागि पनि छुट्टै छुट्टै सेमिनारको व्यस्था गरिएको साहले जानकारी दिए ।

क्यान इन्फोटेक २०२० वीरगंजको इन एसोसिएसन प्रायोजक वर्ल्ड लिङ्क रहेको छ भने प्लेटिनम प्रायोजक डाईनेमिक टेक्नोसफ्ट रहेको छ । त्यसैगरि गोल्ड प्रायोजकमा ब्रदर, लर्ड बुद्ध एडुकेसन फाउन्डेसन र स्मार्ट सेल रहेका छन् भने सिल्भर प्रायोजकमा भ्यानेट, एस पावर, टिपिलिङ्क र स्मार्टर रहेका छन् । कार्यक्रममा एन्सेल, वीरगंज महानगरपालिका, पकहामैनपुर गाउँपालिका, नेसनल इन्फोटेक कलेज, पेब्सन वीरगंज, वीरगंज पब्लिक कलेज, संस्कृति, वीरगंज युवा समाज, रोटृयाक्ट, जानकी टेक्नोलोगी, ओसियन कम्प्युटर प्रालि, निम एकेडमी, प्रभु इन्सुरेन्सलगयात संघ संस्थाहरुले पनि सहयोग गरेका छन् ।

क्यान महासंघ पर्साका अध्यक्ष दिपक साहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य भुपाल दास श्रेष्ठ, क्यान महासंघ प्रदेश नं २ का अध्यक्ष आलोक कुमार चौरसिया, क्यान महासंघ पर्साका उपाध्यक्ष प्रशान्त कुमार, कोषाध्यक्ष संजय कुर्मी, सह सचिव गणेश सर्राफलगयातको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन क्यान महासंघका कार्यसमिति सदस्य आशुँ कुमार सर्राफले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस