आज:  २०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अग्नि सापकोटालाई सभामुख बनाउने प्रक्रिया रोक्न सर्वोच्चमा रिट

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) १९३ पाठक संख्या

माघ १० काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटको सुनुवाइ आइतबारका लागि तोकिएको त्रिपाठीले जानकारी दिए ।

प्रतिनिधिसभाको सभामुखका लागि माघ ७ गते उम्मेदवारी दर्ता थियो । सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनलाई १२ गते सभामुख निर्वाचन भएको घोषणा हुँदैछ ।

काभ्रेका अर्जुन लामा हत्याको अभियोग लागेका सांसद सापकोटाले सभामुखमा उम्मेदवारी दिएका छन् ।

उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो ।

सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस