बारा : किसान आन्दोलनका अगुवा शहिद मुखलाल महत्तोको ६५ औ स्मृती दिवसको अवसरमा बाराको नरहीमा माघ १६ गते शहिद दिवसकोको दिन भब्य कार्यक्रमको आयोजना हुने भएको छ ।

नेकपा बारा र शहिद मुखलाल स्मृती प्रतिष्ठान नेपालको सयुक्त आयोजनामा हुने कार्यक्रमको तयारी तिब्र गतीमा भइरहेको छ । सो कार्यक्रमको तयारीका लागि नेकपा बाराले आज नरहीमा ४ वटै निर्वाचन क्षेत्रका प्रमुख र १६ वटै पालिकाका अध्यक्षहरुको भेला आयोजना गरी शहिद मुखलाल स्मृती दिवस भब्यरुपमा मनाउन बिभिन्न समिती समेत गठन गरेको नेकपा बाराका नेता मनोज पौडेलले जानकारी दिनु भयो ।

जिल्ला अध्यक्ष क्षेत्र बहादुर श्रोष्ठको सभापतित्वमा सम्पन्न भेलामा नेकपा केन्द्रिय सदस्य ज्वाला साह, जिल्ला सचिब तथा प्रदेस सभाका सदस्य सुन्दर बिक, प्रदेस कमिटी सदस्य सिता गुरुगं, राजन पौडेल, गिता कंडेल लगायतको सहभागिता रहेको थियो ।

बाराको गढहलमा किसान आन्दोलनको नेत्रृत्व गरेका बकुलहर निवासि मुखलाल महत्तोको २०११ सालमा माघ १६ गते बडा हाकिमको आदेसमा हत्या गरीएको थियो ।

Loading...