आज:  २०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ मा दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापारवाहि

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) ३१६ पाठक संख्या

एपी खबर
जीतपुर : ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण मानवीय लापारवाहि रहेको जानकारी दिएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ पथलैयाले ट्राफिक नियमको पालना नगरी असवधानि पुर्वक सवारी चलाउँदा बढि दुर्घटना भएको जनाएको हो ।

मानिसमा जनचेतना भएको तर कानुन कार्यन्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रबृति बढ्दै गएपछि दुर्घटनाको संख्यामा बृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रदेश नम्बर २ का ट्राफिक प्रहरी उपरिक्षक श्यामकुमार महतोले जानकाी दिनुभएको छ ।

उहाँले कानुनको बारेमा जानकारी भएपनि नियमको पालना नगर्नेमा पहिला चेतना बृद्धि गर्ने विभिन्न चेतना मुलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभएको छ । साथै उहाँले चेतना मुलक कार्यक्रमसंगै कारवाहिलाई पनि अगाडी बढाएको बताउनुभयो ।

प्रदेश नम्बर २ मा आर्थिक वर्ष ०७६/७७ को ६ महिनामा ५ सय २७ ओटा सवारी दुर्घटना भएको छ । यो संख्या आर्थिक वर्ष ०७५/७६ को भन्दा १५ प्रतिशतले बढि हो । आर्थिक ०७५/७६ को एक वर्षमा ९ सय १४ ओटा सवारी दुर्घटना भएको थियो ।

यसरी सवारी दुर्घटनाको संख्यामा बृद्धि भएपछि प्रदेश ट्राफिक कार्यालय प्रदेश नम्बर २ पथलैयाले दुर्घटना न्युनिकरण गर्न आफ्नो मातहतको ८ ओटै जील्लामा चेकजाँचका साथै जनचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रदेश ट्राफिक कार्यालय पथलैयाले पौष महिनामा मात्र २ सय १८ ओटा जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको ट्राफिक प्रहरी उपरिक्षक महतोले जानकारी दिनुभयो । उहाँले आफु आएपछि नेतनामुलक कार्यक्रममा बृद्धि भएको जानकारी दिनुभएको हो ।

प्रदेश ट्राफिक कार्यालय पथलैयाले माघ महिनामा यस कार्यक्रमलाई २ सय ८० प्रतिशतले बृद्धि गर्ने सोच बनाएको छ । अर्थात माघ महिनामा प्रदेश ट्राफिक कार्यालय पथलैयाले ८ ओटा जील्लामा गरी ३ सय ५७ ओटा चेतना मुलक गर्ने अनुमान गरेको छ ।

हाल ट्राफिक प्रहरीले आफ्नो मातहतका विभिन्न उपकरणको (रडार गन, ब्रेथलाईजर) सहित चेकजाँच गर्ने गरेको र यसबाट दुर्घटना न्युनिकरण हुने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस