माघ १० काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ । जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी र अन्य एक जनालाई ८ लाख घुससहित पक्राउ गरेको हो ।
केसीले सोही गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समिति मार्फत भएको सडक निर्माणको विल भुक्तानीको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सुर्खेतबाट गएको अख्तियारको टोलीले अध्यक्ष केसी र जाजरकोटकै चन्द्र बहादुर बस्नेतलाई आठ लाख घुस बापतको रकम लिइ सकेको अवस्थामा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ कटकुवा हेल्थपोष्ट नजिकबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस