आज:  २०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको आदर्श कोतवालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) ४१६ पाठक संख्या

नूर आलम बादशाह, बारा, माघ १० गते
बाराको आदर्श कोतवाल गाउँपालिका स्वास्थ्य शाखा चिउटाहाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य शाखा महेन्द्र आदर्शको भवनमा सम्पन्न उक्त कार्यक्रममा नारायणी उप क्षेत्रीय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राकेश तिवारी, डॉक्टर जेपी जैस्वाल बरिष्ट स्त्री रोग बिशेषज्ञ डॉक्टर लक्ष्मी थापा गुप्ता, कन्सल्टेन्ट अर्थोपेडिसियन चन्द्र भूषण यादव, कलैया अस्पतालका बरिष्ट स्त्री तथा बालरोग बिशेषज्ञ डॉक्टर बबली मिश्रा पाण्डेय, नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डॉक्टर मितेश यादव, फिजियोथेरापिस्ट डॉक्टर प्रतिक साह तथा चिउटाहा स्वस्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नुभएको थियो ।

उक्त शिविरमा करिव ३ सय ५० जनाले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिएका थिए भने ५० जनाले ल्याब टेस्ट गराएका थिए ।

कार्यक्रममा आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी, प्रशासकीय अधिकृत प्रमोद कुमार साह, लेखा प्रमुख जय प्रकाश महतो, प्रशासन शाखा प्रमुख रामबाबु पाल, राजेन्द्र पटेल, समाज सेवी लाल बहादुर साह, नेता राकेश यादव, स्वास्थ्य शाखाका सह संयोजक रामाकान्त साह लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमा बोल्दै आदर्श कोतवाल गाउँपालिकका अध्यक्ष मुस्तुफा अंसारीले यस्ता स्वास्थ्य शिविरहरु आगामी दिनहरुमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस