आज:  २०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारामा ट्रकको ठक्कर बाट मोटरसाईकल चालकको मृत्यु

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) ५६० पाठक संख्या

माघ १० कलैया  : बारा जिल्ललाको  कलैया उपमहानगरपालिका वडा नम्बर २५ लक्ष्मीनियामा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

कलैयाबाट बरियारपुर जाँदै गरेको ना २ क ३०८ नम्बरको ट्रकले बरियारपुरबाट कलैया आउँदै गरेको ना ३५ प ५११२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक महागढिमाई नगरपालिका वडा नम्बर ६ को पत्रहटीका २८ बर्षीय सन्तोष यादबको मृत्यु भएको जिल्लाका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए ।

सोही दुर्घटनामा परी मोटरसाईकलको पछाडी सवार मृतकका भान्जा पर्ने १८ वर्षका पवन यादबर गम्भिर घाईते भएको र उनको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भैरहेको उनले जानकारी दिए ।

दुर्घटनामा गम्भिर घाईते भएका दुबैलाई उपचारार्थ वीरगञ्ज लगीएकोमा न्युरो अस्पतालमा उपचारकै क्रममा सन्तोषको ज्यान गएको उनले बताए ।

प्रहरी प्रबक्ता मिश्रका अनुसार ठक्कर दिने ट्रक र सो का चलकलाई नियन्त्रणमा राखी प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस