आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फोन गरेर महिलालाई जिस्क्याउने २ जना पक्राउ

AuthorAP Khabar२०७६ माघ १०, शुक्रबार (४ साल अघि) २९४ पाठक संख्या

कलैया , माघ १० गते :

फोन गरेर महिलालाई जिस्क्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको देवताल गाउँपालिका– २ बस्ने २० बर्षीय अखिलेश यादव र भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला घोडासहन थाना बस्ने १८ बर्षीय इन्दल यादव पक्राउ परेका हुन् ।

पुस २० गतेदेखि आफूलाई फोन गरेर जिस्काएको र अपशब्द प्रयोग गरेको भनी कलैया उपमहानगरपालिका– १८ को एक महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फोन गरी जिस्क्याउने र पटक पटक अपशब्द प्रयोग गरी धम्कीसमेत दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी गौतम मिश्रले जानकारी दिए । उनीहरुलाई प्रहरीले कलैया–१ बाटै नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद लिएर उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस