आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टर्कीमा शक्तिशाली भूकम्प, १४ जनाको मृत्यु

AuthorAP Khabar२०७६ माघ ११, शनिबार (४ साल अघि) ३७७ पाठक संख्या

माघ ११ काठमाडौं ।

टर्कीको पूर्वी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण कम्तिमा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । एलाजिग् प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएको भूकम्पका कारण भवन भत्किएका छन् ।

भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानसम्म महसुस भएको थियो । टर्कीमा बेलाबेलामा भूकम्प गइरहन्छ । सन् १९९९ मा गएको शक्तिशाली भूकम्पका कारण १७ हजार मानिसको ज्यान गएको थियो ।

नेपाली समय अनुसार शुक्रबार राति ११ बजेर ४० मिनेटमा भूकम्प गएको हो ।

अहिले उद्धार तथा राहतको काम भइरहेको विपद तथा आपतकालीन अवस्था व्यवस्थापन एजेन्सीले जनाएको छ ।

प्रभावित क्षेत्रमा ४ सय भन्दा बढी उद्धार टोली खटिएका छन् । भूकम्पका कारण प्रभावित भएको क्षेत्र राजधानी अंकाराबाट ५ सय ५० किलोमिटर पूर्वमा पर्छ ।

प्रतिक्रिया दिनुहोस