आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिम्रौनगढ़मा कोक्यापको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

AuthorAP Khabar२०७६ माघ ११, शनिबार (४ साल अघि) २८४ पाठक संख्या

नूर आलम बादशाह,  बारा, माघ ११ गते

बाराको सिम्रौनगढ़ स्थित कंकाली माविमा शान्तिका लागि साझा अभियान कोक्यापको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सिम्रौनगढ़ युवा सुचना केन्द्रका अध्यक्ष बिपिन सर्राफ़को अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कोक्यापका कार्यक्रम संयोजक हरी प्रसाद तिमिल्सिनाले बालविवाह, महिला हिंसा, जनप्रतिनिधिहरुको काम कर्तव्य तथा अधिकार सम्बन्धी कार्यशाला गोष्ठी, नागरिक सहायता कक्ष, रेडियो कार्यक्रम, सामाजिक सुरक्षा, प्रहरी र युवाबिच अन्तरक्रिया, बिधालय शिक्षा, स्वास्थ्य शिक्षा, क्षमता अभिबृद्धि तथा उद्यमशीलता तालीम, होम स्टे, पर्यटन प्रबर्धन सम्बन्धी कार्यक्रम, सहितको काम गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

सार्वजनिक सुनवाई कार्यक्रममा शिक्षक संयोजक नूरजम सिद्दीकी, प्रअ ध्रुव कुशवाहा, कमलेश अग्रहरि, न्यू यंग स्टार क्लबका अध्यक्ष शम्भू कुशवाहा, सिम्रौनगढ़ नगर उप प्रमुख रीमा देवी कुशवाहा, आदर्श कोतवाल गाउँपालिका उपाध्यक्ष पूनम देवी साह, सिम्रौनगढ़ इलाका प्रहरी कार्यालय प्रमुख, सिम्रौनगढ़ नगरपालिका वडा नं. ११ का अध्यक्ष हेम चन्द्र जैस्वाल, आदर्श कोतवाल गाउँपालिका वडा नं. ३ का अध्यक्ष धर्मेन्द्र यादव, ख़जानी माविकि शिक्षिका बिनीता कुशवाहा लगायतकाले कोक्यापको कामको प्रशंसा गर्दै हार्दिक धन्यबाद ब्यक्त गरेका थिए।

कार्यक्रममा कोक्यापका कोषाध्यक्ष अर्जुन ढकाल, पूर्व उपाध्यक्ष दीपेन्द्र क्षेत्री ढकाल, कोक्यापकी जर्मनी प्रशिक्षक मिस इंगा, सबीना कार्की, मनीष जैस्वाल, जट्टा शंकर साह, रेडियो बादलका अध्यक्ष नूर आलम बादशाह लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन बीरबहादुर कुशवाहाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस