आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिमेश्वर बनद्धारा पथलैया माविलाई डिस्पेन्सर दिने घोषणा, क्यामरा जडान गर्न समिति गठन

AuthorAP Khabar२०७६ माघ ११, शनिबार (४ साल अघि) ३०६ पाठक संख्या

एपी खबर
जीतपुर  : भिमेश्यवर सामुदायीक बन समितिले जीतपुरसिमरा उपमहानगरपािलका वडा नम्बर १ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाका विद्यार्थीहरुलाई स्वच्छ पानी खाने समाग्री (डिस्पेन्सर) सहयोग गर्ने भएको छ ।

शनिवार विद्यालय ब्यवस्थापन समिति सहित विभिन्न सरोकारवालाहरु संगको अन्तरकृया कार्यक्रममा यस समितिले आफ्नो समाजीक उत्तरदायीत्व अन्तरगत सो सहयो गर्ने प्रतिबद्धता गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तरगत रहेको यस भिमेश्यवर सामुदायीक बन समितिले करिब एक लाखको लागतमा विद्यालयमा सो सहयोग समाग्री जडान गराउने भएको छ ।

विद्यालयको नयाँ शैक्षिक सत्र शुरु हुनु पुर्व निमार्ण गरी सक्ने गरी काम अगाडी बढाउने समितिका अध्यक्ष पेशल कुमार मुल्मीले जानकारी दिनुभएको छ । उहाँले यो यन्त्रको जडान पश्चात जाडोमा विद्यार्थीका लागि तातो पानी र गर्मीमा चिसो पानीको ब्यवस्थापन गर्ने जानकारी दिनुभएको छ ।

यसैगरी विद्याथीको पठनपाठनलाई मर्यादित बनाउन विद्यालयमा सि.सि. क्यामरा जडान गर्न प्रमोद श्रेष्ठको संयोजकत्वमा ५ सदस्य उपसमिति चयन गरीएको छ । घटिमा १० ओटा सि.सि. क्यामरा जडा गर्ने उद्धेश्य सहित आर्थिकका साथै जडान कार्य सम्मका लागि यो समिति चयन गरीएको विद्यालय श्रोतले जानकारी दिएको छ ।

क्यामरा जडान पश्चात विद्यार्थीको पढाईका साथै विद्यालयका प्रत्येक कक्षा कोठामा हुने गरेको गतिबिधिको बारेमा जानकारी गर्न सहज हुने विद्यालयका प्र.अ. शम्भु मण्डलको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस