आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गरूडा नपामा आजदेखि छाेरी शिक्षा बिमा शिविर  सुरु

AuthorAP Khabar२०७६ माघ १२, आईतबार (४ साल अघि) ५६७ पाठक संख्या

अारके श्रीवास्तव/राैतहट/माघ १२
प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा/मुद्वती बचत शिविर गरूडा नपामा सुरु भएको छ ।

जिल्लाकाे मध्य भागमा अवस्थित गरूडा नगरपालिका वडा नं. ५, ६ र ७ काे लागि मावि महम्मदपुरमा शिविर राखिएको थियो ।गरूडा नपाका मेयर ईन्नु राय यादव र उपमेयर रंगिला देवी जयसवालले संयुक्त रूपमा दिप प्रज्वलन गरि कार्यक्रम काे उदघाटन गरेका थिए ।

कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूकाे समझनामा एक मिनेट काे लागि माैन धारण गरिएको थियोे । मावि महम्मदपुरका प्रधानाध्यापक चुल्हाई राय यादवकाे अध्यक्षतामा कार्यक्रम अायाेजन गरिएकाे थियोे ।

नगरप्रमुख यादवकाे प्रमुख अातिथ्य र उपप्रमुख जयसवालकाे विशिष्ट अातिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । शिविरमा अतिथि काे रूपमा समाजवादी पार्टी का जिल्ला ईन्चार्ज व्रिज किशाेर यादव,गरूडा नपाका निम्ति प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ शाखा प्रमुख जनार्दन झा , गरूडा नपा वार्ड नम्बर ५ के वडाध्यक्ष जयमंगल राय यादव, वडा नम्बर ६ का वडाध्यक्ष अशाेक प्रसाद यादव ,वाड नम्बर ७ का वडाध्यक्ष रामेश्वर प्रसाद यादव गरूडा नपाका शिक्षा शाखा सह संयाेजक माैजेलाल यादव,प्रभु बैंक शाखा गाैर का प्रमुख छबिरमन बराल,बेटी पढाऊ बेटी बचाउ अभियान राैतहटका कृष्णा साह,मावि प्रमुख उषा साहि सहित व्यतीहरू रहेका थिए ।

कार्यक्रममा पहिलो दिन लगभग ….. जना छोरीको बिमा गरिएको गरूडा नगरपालिका नगर प्रमुख ईन्नु राय यादवले मधेस खबरलाइ जानकारी दिए ।

२०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरूलाई सो बिमा कार्यक्रममा सहभागी गराइएकाे थियाे । बिमा कार्यक्रम अन्तर्गत प्रभु बैंकले छोरीको नाममा एक हजार रुपैयाँ जम्मा गरेर खोलेको खातामा प्रदेश सरकारले १३ हजार जम्मा गर्नेछ भने त्यतिकै रकम बराबर गरूडा नपाले पनि जम्मा गरि बिमा दाेब्बर गरेको हाे ।

सो रकम छोरी मावि तह उत्तीर्ण भएपछि मात्र अभिभावकले निकाल्न पाउने बताईएकाे छ । साे रकम निकाल्न छोरीको उमेर २० वर्ष भएको हुनुपर्ने नियममा भनिएकाे छ । २० वर्षमा १४ हजार रुपैयाँबाट बढेर सवा एक लाख रुपैयाँ हुनेछ र गरूडा नपाले दाेब्बर बिमा रकम गरेपछि करिब ढाई लाख रूपैयाँ प्राप्त हुनेछ ।

छोराछोरीबीचको भेदभाव हटाउँदै महिला हिंसाका घटना न्यूनीकरण गर्न र बेटि जन्मिने बितिकै काल नभई लखपतिया बेटि भनिने लक्ष्य का साथ प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियान सुरु गरेकाे समाजवादी का नेता यादवले बताए ।

भाेली माघ १२ गते नगरपालिकाकाे वडा नम्बर १ , २ र ३ काे शिविर माबि गेडहीगुठ्ठी र माघ १४ गते वडा नम्बर ४,८,९ काे शिविर वडा कार्यालय बसबिट्टी जिंगडिया मा संचालन हुने गरूडा नपाका कर्मचारी राजबहादुर ठाकुरले जानकारी गराए ।

यस अवसरमा गरूडा नगरपालिकाका वडा अध्यक्ष लगायतका वडावासीहरु ,राजनीतिक दलका प्रतिनिधि ,भद्रभलादमी को सहभागीता रहेको थियो । गरूडा नपा ३ दिन सम्म संचालन हुने शिविरमा बिमा हुने छाेरीहरूकाे घरमा सुबिसु द्वारा तीन महिनाकाे लागि फ्रि वाईफाई जडान गरिने जानकारी गराईएकाे थियो ।

बिमा शिविरमा बालिकाहरूकाे लागि निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरिएको थियाे । कार्यक्रम काे संचालन ….. ले गरेका थिए । बालिकाहरू लाई न्यानाे कपडा वितरण गरिने भनिए पनि विशेष कारण बस वितरण गरिएको थिएन् ।

प्रदेश २ सरकारले मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत छोरीको बिमा गरिने कार्यक्रम संचालन गरिरहेकोमा रौतहटको गरूडा नगरपालिकामा विमाको रकम दोब्बर हुने भएको छ ।

रौतहटको गरुडा नगरपालिकामा आयोजित तीन दिवसीय छोरी शिक्षा बिमा मुद्धती बचत खाता कार्यक्रमको पहिलो दिन नगर प्रमुख इन्नु राय यादवले गरुडा नगरपालिकामा बिमाको रकम दोब्बर हुने घोषणा गरेका छन् ।

तीन दिनसम्म चल्ने शिविरमा बिमा गरिने छोरीको रकममा प्रदेश सरकारले दिएको रकम बराबर नगरपालिकाले पनि थप गरी छोरीको खातामा दोब्बर रकम जम्मा हुने मेयर यादवले बताएका छन् ।

प्रदेशमा महिलाको अवस्थामा सुधार र छोरीको शिक्षामा व्यापक सुधार हुने अपेक्षासहित सुरु गरेको महत्वाकांक्षी योजना मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियानलाई अझ सशक्त बनाउन घरदैलोमै विमा गरिने सुविधा थपेको छ । यस अन्तर्गत गरुडा नगरपालिकाको तीन ठाउँमा तीन दिन बिमा गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रमको पहिलो दिन गरुडामा बिमा गराउनेको भीड रहेको छ । बिमा रकम दोब्बर हुने भएपछि अवधि समाप्त हुँदा बिमित छोरीले कम्तीमा सावा दुई लाख रुपैया पाउने छन् ।

प्रदेश सरकारको कार्यक्रममा नगरपालिकाको तर्फबाट त्यत्तिकै रकम थप भएपछि बिमा कार्यक्रम थप प्रभावकारी हुने उपमेयर रंगीलादेवी जयसवालले बताएकी छन् ।

कार्यक्रम मा बाेल्दै उपमेयर जयसवालले बेटि जन्मिदा बाेझकाे रूपमा नलिनका लागि नै प्रदेश सरकार द्वारा बेटि पढाऊ,बेटी बचाऊ अभियान अन्तर्गत छाेरी शिक्षा बिमा सुरू गरिएको बताईन् ।

प्रतिक्रिया दिनुहोस