आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मोफसलकै सर्वाधिक पुरस्कार राशी भएको कृपा दैनिकको उमादेवी स्मृति पत्रकारिता पुरस्कारका लागि समिति गठन

AuthorAP Khabar२०७६ माघ १२, आईतबार (४ साल अघि) २२९ पाठक संख्या

कलैया : बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको दुईवटा पुरस्कारका लागि पुरस्कार छनौट समिति गठन गरिएको छ । आइतबार कुशल प्रकाशन समूहको बैठकले कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनाल संयोजक रहने गरी चार सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको प्रकाशन समूहकी अध्यक्ष सबिता चालिसेले जानकारी दिनुभयो ।

समितिको सदस्यहरुमा बाराका बरिष्ठ पत्रकार गोकुल घोरसाइने,कान्तिपुर टिभी बारा,पर्साका प्रतिनिधि उपेन्द्र ठाकुर र नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व अध्यक्ष लक्ष्मी साह रहनु भएको छ ।घोरसाइने,ठाकुर र साह उमादेवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ । समितिले बाराका कृयाशिल दुईजना पत्रकारका लागि स्वर्गीय उमा९जानकी०देवी स्मृति कृयाशिल पुरस्कार लागि र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कारका लागि दुईजना पत्रकार छनौट गर्ने छ । यी दुबै पुरस्कारको राशी यस बर्षबाट ६० हजार रहनेछ ।

उमा९जानकी० देवी स्मृति कृयाशिल पुरस्कारको रकम बढाएर यस बर्षबाट रु. ५० हजार पु¥याएको र चन्द्रप्रसाद खनाल स्मृति पुरस्कारको राशी रु. ५ हजारबाट बढाएर रु. १० हजार बनाइएको कुशल प्रकाशन समूहले जनाएको छ । यी दुबै पुरस्कार कृपा दैनिकको १९ औं बार्षिकोत्सवका अवसरमा यही फागुन ४ गते आयोजना गरिने बिशेष कार्यक्रमकाबीच बितरण गरिनेछ ।

कृपा दैनिकले २०६६ सालबाट पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको पिताको नाउँबाट चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो भने पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको धर्मपत्नी उमा९जानकी०देवी को नाउँबाट २०७२ सालबाट स्वर्गीय उमा९जानकी०देवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

यी दुबै पुरस्कार नवजजान कल्याणकारी कोषबाट संचालित छन् । कृपा दैनिक पत्रिकाले स्थापना गरेको यो पुरस्कार राशी मोफसलकै ठूलो धनराशीको भएको बताइएको छ।यो पुरस्कारको राशीहरू पत्रिका प्रधान सम्पादक नवराज उपाध्यायका छोरा किरण कुमार उपाध्याय, कमल कुमार उपाध्याय र कुन्दन कुमार उपाध्यायले व्यवस्थापन गर्दै आएका छन् । साथै यो कोषबाट वार्षिक रूपमा अनाथाल्य तथा बृद्ध आश्रममा खाद्यान्न , लत्ताकपडा र अन्य आवश्यक सामानहरू उपलब्ध गराउदै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस