आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बम भएको स्थानमा ‘तराई निर्माण सेना’को पर्चा

AuthorAP Khabar२०७५ पौष ८, आईतबार (५ साल अघि) ४६१ पाठक संख्या

सिरहा  , पुष ८ : गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिक आइतबार बिहान शक्तिशाली प्रेसर कुकर बम भेटिएको छ ।गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको टावरदेखि करिब डेढ सय मिटर दक्षिणतर्फ शक्तिशाली प्रेसर कुकर बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

प्रहरीका अनुसार बाहिर प्रेसर कुकर देखिएपनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छन् ।घटनास्थल अहिले सिराहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई सय मिटरको दुरीमा घेरा हालेर राखेको छ । भने आवत आवतजावत गर्ने बाटो बन्द गरिएको छ ।

स्वतन्त्र तराई निर्माण सेनाको पर्चा
बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ । मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासन विरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पुरा गरी दोस्रो दशक पुरा गरेको त्यसका लागि हुने सङ्घर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस