आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खेलामा मापदण्ड विपरित बढेको उत्खन्न बारेमा जीतपुर पालिकामा छलफल

AuthorAP Khabar२०७६ माघ १३, सोमबार (४ साल अघि) २३३ पाठक संख्या

एपी खबर
जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका भित्रका खोलामा मापदण्डविपरित उत्खन्न गरेको गुनासो बढेपछि नगरपालिकाले सम्बन्धित ठेकेदारलाई बोलाएर छलफल गरेको छ । यस उप–महानगरपालिका भित्र पर्ने तिन ओटा खोलामा लगाइएको ठेक्काका ठेकेदारहरुले नगरपालिकाको नियम विपरित खोला उत्खन्न गरेको गुनासो बढेपछि पालिकाले सोमवार सम्बन्धित ठेकेदारहरुसंग छलफल गरेको हो ।
जीतपुरसिमरा अन्तर्गत उत्खनन् हुने ३ वटा खोला मध्ये दुधौरा, वालगंगा र पसाहा खोला रहेका छन् । यी तिन ओटै खोलामा पालिकाले ओम सप्लायर्स, न्यू पाथीभरा सप्लायर्स र श्रेष्ठ विल्डर्सलाई छुट्टा छुट्टै ठेक्का लगाएको छ ।

नगरपालिकाले लगाएको ठेक्कामा ठेक्का सम्झैता सकार गर्ने कम्पनिले पालिकाको ऐन कानुनमा रहि सम्झौता अनुसार खोला जन्य समाग्री उत्खन्न गर्न पाउने प्रवाधान रहेपनि यस्तो नभएपछि पछिलो समय स्थानिय वडा अध्यक्ष र ठेक्का पक्षका बिच द्धवन्द्ध सृजना हुदैँ आएको थियो ।

ठेकेदार पक्षले पालिकाले तोकिदिएको मापदण्ड अनुसार काम नगरेको भन्दै वडा अध्यक्षहरुको नेतृत्वमा गठित अनुगमन समितिको गुनासो गरेपछि सम्बन्धित पक्षसंग बसेर सोमबार छलफल गरीएको जीतपुरसिमरा उपमहानगरपािलकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईले जानकारी दिनुभयो ।

उहाँले छलफलको क्रममा पालिकासंग दोस्रो पक्ष अर्थात ठेकेदार कम्पनिले गरेको सम्झौता राम्ररी अध्ययन नगरेको कारण यस्तो समस्या आएको बताउदै सहमती पत्र अध्ययन गरेर मात्र काम गर्ने र ७ दिन भित्र देखिएका सबै समस्या समाधान गर्ने गरी सहमती भएको जानकारी दिनुभएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख डा. कृष्ण पौडेलको अध्यक्षतामा बसेको बैठमा जीतपुरसिमरा उपमहानगरपािलकाका नगर उपप्रमुख सरस्वती चौधरी, वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री, १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने, १९ का वडा अध्यक्ष नवराज खड्का, १९ का सुधनदास तत्मा, पालिकाका ई. संजीव रुपाखेती, ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोविन्द पुरी, लगाएत ओम सप्लायर्स, न्यू पाथीभरा सप्लायर्स र श्रेष्ठ विल्डर्सका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस