आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विप्लव नेतृत्वको नेकपाका रौतहट जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) २९० पाठक संख्या

माघ १४ रौतहट

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस