आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाउरा काट्ने क्रममा मुडाले च्यापीएर एक जनाको मृत्यु

AuthorAP Khabar२०७६ माघ १४, मंगलबार (४ साल अघि) ५३६ पाठक संख्या

माघ १४ पर्वत

 दाउरा काट्ने क्रममा मुडाले च्यापीएर एक जनाको मृत्यु भएको छ । फलेवास नगरपालिका–८ ठानामौलाकी ५५ वर्षीय पुतली विकको सोमबार साँझ मत्यु भएको हो ।

घर नजिक उत्तिसको दाउरा काट्ने क्रममा अचानक मुडा पल्टिएर च्याप्दा विक घाइते भएकी थिइन् । घाइते उनको उपचारको लागि जिल्ला अस्पताल पर्वत पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

विकको शव जिल्ला अस्पताल पर्वतको शव गृहमा राखिएको र मंगलबार पोस्टमार्टम गरी आफन्तकाे जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख श्यामु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस